नेपालमा ९ हजार ‘मिड्वाइफ’ आवश्यक

शिशु मृत्युदर घटाउन महत्वपुर्ण भूमिका 



Download our app to get more features

काठमाडौं, २५ माघ ।  सरकारलाइ ९ हजारको संख्यामा मिड्वाइफ आवश्यक परेको छ ।

गर्भावस्था र त्यस पछिको स्वास्थ्य अवस्थालाई राम्रोसंग नियाल्न मिड्वाइफको आवश्यकता परेको हो । राम्रा प्रशिक्षण गरिएका योग्य व्यवसायिक मिड्वाइफहरुले गर्भावस्था र प्रसववास्था भरी दयालु र समग्र हेरचाह गर्ने गर्दछन् । नेपालमा मिडवाइफको आवश्यकता महशुस गरी काठमाडौं विश्वविद्यालयले २०१६ देखि चार बर्षे र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पताल नर्सिङ् क्याम्पसले तीन बर्षे स्नातक तहको मिड्वाइफ्री शैक्षिक कार्यक्रम सुरु गरीसकेका छन् । 

गर्भवती आमा र नवजात शिशुको मृत्युदर घटाउन मिड्वाइफ आवश्यक परेको मिड्वाइफ्री सोसाइटी अफ नेपालकी अध्यक्ष प्रा. किरण बज्राचार्यले बताइन । उनले नेपालमा पनि ठुलो संख्यामा आमा तथा शिशु मृत्युदर रहेको भन्दै त्यसलाई कम गराउन मिड्वाइफ आवश्यक परेको स्पष्ट पारिन । उनले भनिन, ‘नेपालमा अहिले सम्म मिडवाइफ छैनन् । गर्भवती महिला र नवजात शिशुको मृत्युदरमा कमि ल्याउन पनि यसको पढाई आवश्यक भएको हो ।’ नर्सिङ जानकारहरुका अनुसार प्रति स्वास्थ्य संस्था एक मिडवाइफ राख्नु पर्ने हुन्छ ।  

१६ जनाले मिड्वाइफ्री शिक्षा लिदै
विगत १० बर्ष अघि मिड्वाइफ्री शैक्षिक कार्यक्रम सुचारु गर्ने भनेपनि सरकारको असहयोगका कारण सुरु हुन सकिरहेको थिएन । नेपालमा गर्भवती आमा र नवजात शिशुको मृत्युहुनेदर बद्धि हुदै गएपछि मिडवाइफको आवश्यकता महसुस गरि कार्यक्रम संचालनमा ल्याएको हो । बज्रचार्यका अनुसार हाल नेपालमा मिडवाइफको उत्पादन गर्न सरकारले १६ जना विद्यार्थी भर्ना लिएको छ । काठमाडौं विश्वविद्यालयमा १० र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्समा १० जनाको कोटामा पठन पाठन भएको बज्रचार्यले बताइन । 

‘नेपालमा अझै पनि ठुलो संखयामा महिलाहरु प्रसुति सेवाको पहुँचबाट बन्चित रहेका छन् उनले भनिन, महिलाहरुको उमेर, बसोबास गर्ने स्थान, शैक्षिक योग्यता साथै आर्थिक स्तर भौगोलिक क्षेत्र अनुसार फरक रहेको देखिन्छ । त्यसैले प्रशिक्षण प्राप्त मिड्वाइफले महिला र नवजात शिशुहरुको ज्यान बचाउ उल्लेख्य भुमिका निभाउने छन ।’ 

सेवा परिवर्तन गरेर मिडवाइफ
मिड्वाइफ्री सोसाइटी अफ नेपालकी उपाध्यक्ष प्रा.गोमादेवी निरौलाले सेवा परिवर्तन गरेर अध्ययन गर्ने पेशा भएको बताइन । गर्भवती महिला र नवजात शिशुको हेरचाहमा नर्सहरुले पनि काम गर्ने भएका कारण उनिहरुले नर्सिङ पेशा परिवर्तन गरेर मिड्वाइफ बनेको खण्डमा गुणस्तरीय सेवा आमा र बच्चाले पाउने निरौलाको भनाइ छ । उनले भनिन’ ‘यो अरु जस्तो पेशा हैन मिड्वाइफलाई छुट्टै पेशाका रुपमा लिने गरिन्छ । अहिले सम्म नेपालमा मिड्वाइफ्रीको पठन पाठन नहुदा यसको संख्या शुन्य थियो ।

अब सरकारले अध्ययन अध्यापन सुरु गरेको छ । त्यसैले उनिहरुको व्यवस्थापनका लागि राज्यले छुट्टै नीति बनाउनु पर्छ ।’ मिड्वाइफहरुका लागि सरकारी सेवामा प्रवेश गर्ने कुनै पनि कानुनी व्यवस्था नभएका कारण अध्ययन गर्दा गर्दै विचमा छाडेर जाने सम्भावना पनि त्यतिकै देखिएको छ । 
 

Last modified on 2018-02-09 09:17:44


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts