सुरक्षित छैनन् ‘कण्डम’ प्रयोगकर्ता

 नेपालीले प्रयोग गर्नै जान्दैनन् 



Download our app to get more features

काठमाडौं, २९ माघ । अनिच्छत गर्भ रोक्न र विभिन्न रोगको जोखिमबाट सुरक्षित रहन परिवार नियोजनका साधनको प्रयोग गरिन्छ । सुरक्षित यौन सम्पर्कका लागि परिवार नियोजनको अस्थाई साधनका रुपमा कण्डम, डिपो, पिल्स, इन्प्लान्ट, कपट्टी प्रयोग गरिदै आएको छ । 

नेपालीहरुले कण्डमको प्रयोग गर्न नजान्दा यौनजन्य रोगहरुको शिकार स्वंय व्यक्ति बन्ने गरेको चिकित्सकहरु बताउछन् । गर्भ रोक्न र रोगबाट जोगिन परिवार नियोजनको अस्थाई साधनको प्रयोग गरिए पनि कण्डम प्रयोग कर्ता शतप्रतिशत सुरक्षित नभएको चिकित्सकले बताउदै आएका छन् । 

बृहत्तर यौनिकता शिक्षा सम्बन्धि आयोजना गरिएको एक कार्यक्रममा कण्डमको प्रयोगकर्ता शतप्रतिशत सुरक्षित नभएको पाइएको हो । कण्डमको प्रयोग कुन समयमा कसरी गर्ने भन्नेबारे प्रयोगकर्ता जानकार नहुँदा धेरैजसो प्रयोगकर्ता सुरक्षित हुन नसकेको सीसो नेपालका कार्यकारी निर्देशक खुमानन्द सुवेदीले बताए । 

प्रयोग गर्नै जान्दैनन् कण्डम 
परिवार स्वास्थ्य महाशाखाले दिएको तथ्याङ्क अनुसार नेपालमा प्रति बर्ष तीन करोड (पिस) बढी कण्डम प्रयोगमा आउने गरेको छ । महाशाखाका पूर्व निर्देशक डा. नरेशप्रताप केसीका अनुसार गत बर्ष तीन करोड ३० लाख (पिस) कण्डम प्रयोगमा आएको थियो । केसीले पछिल्ला केही बर्ष यता परिवार नियोजनको अस्थाई साधन प्रयोगकर्तामा बृद्धि भएको बताए । 
सुवेदीले अस्थाई साधन त्यसमा पनि कण्डमको प्रयोग गर्न नजान्दा विभिन्न रोगहरु र अनिच्छत गर्भ बस्ने गरेको स्पष्ट पारे । यौन उत्तेजनाका बेला किशोर किशोरीहरुले एक अर्काको अङ्गहरु खेलाउने गर्दा महिलाको योनि र पुरुषको लिङ्गबाट चिप्लो पदार्थ निस्कन्छ सुवेदीले भने, यस्तो बेला परिवार नियोजनका साधनले कुनै काम गर्दैन । त्यसैले सुरक्षित रहनका लागि सुरुवाती चरणमै परिवार नियोजनका अस्थाई साधनको प्रयोग गर्नुपर्छ । महाशाखाका अनुसार गत बर्ष कण्डम तीन करोड ३० लाख प्रयोग भएको थियो । डिपो १३ लाख २४ हजार , पिल्स १६ लाख १० हजार, कपट्टी ३७ हजार, इन्प्लान्ट ९४ हजार पिस प्रयोग हुने गरेको छ । 

छालाको प्रयोगले रोग सर्छ 
परिवार नियोजनका साधनको प्रयोग नगरी यौन सम्पर्क गर्दा छालामा विभिन्न संक्रमण हुने र रोग लाग्ने चिकित्सकहरुले बताएका छन् । शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुका कन्सल्टेन्ट ट्रपिकल मेडिसिन फिजिसियन डा. अनुप बास्तोलाले परिवार नियोजनको अस्थाइ साधन धेरै भएपनि प्रभावकारी रुपमा कण्डमलाई मात्रै लिन सकिने बताए । असुरक्षित गर्भ रोक्न र यौन जन्य रोगबाट जोगाउन कण्डम जति प्रभावकारी अरु साधन हुदैन । बास्तोलाले भने, ‘सबै संक्रमणलाई रोक्ने कण्डम पनि हैन । सुरुवाती चरणमा कण्डम प्रयोग गरेर यौन जन्य गतिविधि गरेको खण्डमा मात्रै गर्भ रोक्न र यौनजन्य रोगबाट सुरक्षित रहन सकिन्छ ।’ बास्तोलाले सही रुपमा यौन सम्पर्क नगर्दा बिभिन्न समस्या लिएर उपचारका लागि आउने गरेको बताए । नेपालमा विशेषगरी १८ देखि ३० बर्ष उमेर समुहका मानिसहरुले कण्डमको प्रयोग गर्ने गरेको उनले बताए । 

४२ प्रतिशत किशोर किशोरीलाई अस्थाइ साधनबारे जानकारी छैन
परिवार स्वास्थ्य महाशाखाको पछिल्लो तथ्याङ्क अनुसार नेपालका ४२ प्रतिशत अर्थात ६४ लाख किशोर किशोरीहरुमा परिवार नियोजनको अस्थाई साधनबारे कुनै जानकारी नभएको पाइएको छ । 
परिवार स्वास्थ्य महाशाखाका वरिष्ठ जनस्वास्थ्य अधिकृत अशिष रेग्मीले ठुलो संख्यामा रहेका किशोर किशोरीहरुमा कण्डम प्रयोग बारे ज्ञान नभएको बताए । नेपालका ४२ प्रतिशत किशोर किशोरीहरुलाई अझै अस्थाई साधानबारे जानकारी नै छैन । हामीले पनि जानकारी गराउन सकेका छैनौँ । अस्थाई साधनबारे ज्ञान दिलाउनु हाम्रो प्रमुख दायित्व हो ।’ २७ प्रतिशत महिलाहरु परिवार नियोजनका साधनको प्रयोग गर्ने अवस्थामा नरहेको सरोकारवालाहरु बताउँछन् । डा. बास्तोलाले पछिल्लो समय प्रेमि प्रेमिका वा अरु साथि विचमा यौन सम्पर्क हुदा ओरल सेक्स पनि हुने गरेको भन्दै यो स्वास्थ्यका लागि घातक भएको स्पष्ट पारे । 
‘नेपाली किशोर किशोरीहरुमा सुरुवाती चरणमा कण्डमको प्रयोग गर्ने चलन पाइदैन । जसले गर्दा विभिन्न प्रकारका यौनरोग लाग्ने गरेको पाइन्छ । मुख्यतया सुरुवाती चरणमा परिवार नियोजनको अस्थाई साधनको प्रयोग नगर्दा एचआईभि सर्न सक्छ उनले भने ।’ यौन अंगबाट निस्किएको तरल पदार्थ छुदा औलाको प्रयोग गर्दा भिरिङ्गी, यौनाङ्गमा मुसा जस्ता यौनजन्य रोगहरु देखिने डा. बास्तोलाले बताए । 
 

Last modified on 2018-02-13 07:29:25


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts