घामले सिसाभित्रका औषधिको गुणस्तरमा कमी



Download our app to get more features

काठमाडौं, २ फागुन । तराईका जिल्ला र काठमाण्डौंका केही भागहरुमा बढी घामको विकिरणका कारण सिसाभित्रका औषधिको गुणस्तरमा कमी आउने गरेको पाइएको छ । औषधी पसल र फार्मेसीहरुले व्यवस्थित रुपमा औषधिको भण्डारण नगर्दा बढी घामको विकिरणले औषधिको गुणस्तरमा कमी आएको हो । 

नेपाल औषधि उत्पादक संघका अनुसार घामको विकिरिण सिसाभित्रका औषधिमा पर्न गएको खण्डमा त्यस्ता औषधिको गुणस्तरमा ह्रास आउँछ । पछिल्लो केही समययता नेपालका कतिपय औषधिहरुको गुणस्तरमा कमी आएको भन्ने कुरा आइरहेका बेला संघले सिसाभित्र घाम बढी परेका कारण औषधिको गुणस्तरमा कमी आएको दावी गरेको छ ।

संघका महासचिव प्रज्जवलजंग पाण्डेले नेपाली औषधिमा गुणस्तर कम नभएको बताए । ‘नेपालमा उत्पादन भएका औषधिहरु विश्व स्वास्थ्य संगठनको मान्यता अनुसार बनेका छन् । तर, बढी घामको किरणले गर्दा तराईका जिल्ला र उपत्यकाका केही भागमा औषधिको गुणस्तरमा कमी आएको अवश्य हो।’ पाण्डेले भने । निरन्तर चारपाँच दिन सम्म औषधि पसल र फार्मेसीहरुले व्यवस्थीत नगरी बढी घाममा राख्ने गरेका कारण औषधिको गुणस्तरमा कमी देखिएको फर्मा्सिस्ट समेत रहेका पाण्डे बताउँछन् ।

भण्डारण राम्रो नगर्दा गुणस्तरमा कमी
औषधिको उत्पादन भएपछि त्यसको सुरक्षा औषधि पसल र फार्मेसीहरुले गर्नुपर्छ । तर,  औषधी पसल र फार्मेसीको लापरबाहीले गर्दा गुणस्तरीय औषधिमा कमी आएको पाइएको छ । तराईका जिल्लाहरु जनकपुर, वीरगञ्ज, सप्तरी लगायतका जिल्ला सहित उपत्यकाका केही भागमा समेत बढी घामका कारण सिसाभित्र राखिएका औषधिको गुणस्तरमा कमी आएको पाइएको हो । औषधिको व्यवस्थापन राम्रोसँग नगर्दा सिसाभित्र राखेका औषधि दुई तीनदिन भित्रमै बिग्रने हुन्छ । त्यस्तो औषधिको जिम्मा उत्पादक कम्पनीले लिन नसक्ने औषधि उत्पादकहरुको भनाइ छ ।
 

Last modified on 2018-02-14 10:26:24

1 Comments

  1. Always keep cool and dry place Also shake before use .


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts