दम पीडित महिलालाई गर्भधारण गर्नमा कठिनाई



Download our app to get more features

एजेन्सी,७ फागुन । दमरोगी महिलाहरुले क्षणिक राहतका उपाय मात्र अपनाउने गरेमा त्यसको असर गर्भधारणमा पर्ने एक अध्ययनले देखाएको छ ।

यस्ता महिलाहरुमा गर्भ नबस्ने समस्या देखिनुका साथै लामो समयसम्म गर्भ नबस्ने समस्या देखिन सक्दछ । तर धेरै लामो अवधिसम्म राहात पाउनको लागि दम रोक्ने मेशिनको प्रयोग गरिरहेका महिलामा भने खासै समस्या नदेखिने बताइएको छ। विश्वभर ५ देखि ७ प्रतिशत महिलाहरुमा दमको समस्या रहेको छ। प्रजनन्को उमेरमा दमरोगी महिलाहरुलाई यो रोग निकै गम्भिर रोगका रुपमा देखा पर्ने गर्दछ । दम एक यस्तो स्थिती हो जहाँ फोक्सोमा रहेको सानो वायुमार्ग अर्थात ब्रान्क्रियल्स प्रभावित हुने गर्दछ ।

दम रोगीले अपनाउनुपर्ने केही सतर्कताहरु :

दमरोगीले दूध सेवन नगरौं
दूध तथा दूधजन्य पदार्थको सेवन दमरोगीका लागि हानिकारक हुने गर्दछ । धेरै मानिसहरुमा दम हुनुको कारण ६० प्रतिशत दूध तथा दूधजन्य पदार्थका कारण हुने गर्दछ । यसको अलवा केरा, कटहर, पकाइएको चुकन्दर आदी पनि दमरोगीले खानुहुदैन् । तर काँचो चुकन्दर खाँदा भने बेफाइदा गर्दैन्। मौषमी स्याउ वा फलफूल पनि दमरोगीले सेवन गर्नु राम्रो होइन् ।

फाइदा गर्छ योगाले 

योगा गरेमा दम रोगीको नासिकाको छ्रिद्र(स–साना प्वाल)बन्द होने समस्या हटेर जाने गर्दछ । दम विभिन्न प्रकारका हुने गर्दछन् । कुनै ऐलर्जिक, कुनै ब्रोकाइल तथा कुनै दम साइकोसोम्याटिक दम हुन्छन् । प्राणायाम गर्दा मानिस मानसिक रुपमा शान्त तथा सतर्क हुन पुग्दछ जस्का कारण विस्तारै दम कम हुदै जान्छ । यदि दम रोगीले एक देखि २ हप्तासम्म प्रक्रिया मिलाएर प्राणायाम गरेमा ७५ प्रतिशतसम्म दम कम हुने गर्दछ । 

तुलसीको पात
तुलसीका केही पातहरु तथा मरिचका  केही दानाहरु ४ घण्टासम्म भिजाएर  चबाउँदा दम आउँदा हुन सक्ने दिलको दौरामा धेरै हदसम्म कम हुन पुग्दछ ।

भिजाएको बदाम
दमका रोगीले मुख बार्नुपर्ने भएकाले खानामा कटौती भई कमजोरीपना बढ्न सक्दछ । यसको लागि दैनिक एक मुठ्ठी भिजाएको बदाम खाएमा त्यसले फाइद गर्दछ । 

सख्खर पनि लाभकारी
दमरोगीले सख्खर खाएमा शरीरमा तापक्रम बढ्न गई आराम मिल्दछ । यसको साथै नियमित सख्खरको सेवनले श्वास नलीमा भएको खराबीलाई समेत हटाउन यसले मद्दत गर्दछ । 


– नवभारत टाइम्सका लागि –(डा.लिली सिहं–गायनोकोलोजिष्ट,डाफरिन अस्पताल लखनऊ मा कार्यरतसँगको कुराकानीमा आधारीत)


 

Last modified on 2018-02-19 12:06:56


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts