गर्भावस्थामा भिटामिन 'डी' कम भएमा बच्चामा मोटोपना बढ्ने 



Download our app to get more features

एजेन्सी,८ फागुन । जुन महिला  गर्भावस्थाका क्रममा भिटामिन 'डी' को कमीबाट पिडीत हुन्छिन् उनले जन्माएको बच्चामा जन्मजात वा बच्चा बढ्दै जाँदा अत्याधिक मोटोपना हुने एक शोधले देखाएको छ ।

भिटामिन  'डी' कम भएकी महिलाले जन्म दिएको शिशुको कम्मर चौडा हुने तथा ६ वर्षको उमेरदेखि अत्याधिक तौल बढ्ने संभावना धेरै हुने गर्दछ । भिटामिन 'डी' को कमीलाई अर्को भाषामा सनसाइनको कमी पनि भन्ने गरिन्छ ।

अमेरिकाको दक्षिणी क्यालीफोर्निया विश्वविद्यालयका सहायक प्रोफेसर वइया लिदा चाटझीका अनुसार हाम्रो शरीरमा उत्पादित हुने ९५ प्रतिशत भिटामिन 'डी' घामबाट प्राप्त हुने गर्दछ । मात्र ५ प्रतिशत अण्डा, बोसो भएको माछा, दूध, पनीर, दही तथा अन्न जस्ता खाद्यपदार्थबाट प्राप्त हुन सक्दछ । 

पत्रिका पेडिएट्रिक ओबेसिटीमा प्रकाशित अध्ययन अनुसार उक्त टिमले  ५३२ आमा र बच्चाको जोडीको परीक्षण गरेका थिए जसमा बच्चाको जन्म भन्दा पहिला नै भिटामीन 'डी' को मापन गरिएको थियो । उक्त परिणामका अनुसार लगभग ६६ प्रतिशत गर्भवती महिलामा पहिलो तीन महिनामा भिटामीन 'डी' अपर्याप्त देखिएको थियो ।

डा. चाटझी भन्छन्–गर्भावस्थामा हुने भिटामीन 'डी' को कमीले पछि बच्चामा मोटापना देखिने हाम्रो अनुसन्धानले देखाएको छ तर यसको अझ पुष्टीका लागि थप अनुसन्धान गर्न आवश्यक छ । 

Last modified on 2018-02-20 10:22:04


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts