नगरवासीले नै बुझेनन् ‘स्वास्थ्य बीमा’



Download our app to get more features

काँकडभिट्टा, १७ फागुन । जनचेतनाको अभावले गर्दा सरकारले लागू गरेको स्वास्थ्य बीमा सेवामा आबद्ध हुनेहरुको संख्या मेचीनगरमा अति न्यून पाइएको छ । 

पाँच जनासम्मको परिवारमा रु दुई हजार ५ सय बीमा रकम तिर्दा एक वर्षसम्म रु ५० हजारको स्वास्थ्य उपचार सेवा निःशुल्क पाइने गरी सरकारले झापासहित अन्य जिल्लामा स्वास्थ्य बीमा लागू गरेको छ । तर बीमाको फाइदा बुझ्न नसकेर र बुझाउने अभियानको कमीका कारण मेचीनगरमा बीमामा आबद्ध हुनेहरु न्यून भएका हुन् । 

झापामा गत मंसिरदेखि स्वास्थ्य बीमा लागू भएको हो । तर मेचीनगरमा गत साढे तीन महिनामा दुई हजार १ सय ६१ जनाले मात्र बीमाको सदस्यता लिएका छन् । 

झापा जिल्लाका सबै १५ स्थानीय तहमा यो बीमा लागू भइसकेको छ भने हालसम्ममा ३७ हजार ९ सय १९ जनाले बीमा गराइसकेका छन् । मेचीनगरको जनसंख्या हाल एक लाख ११ हजार ७ सय ९७ रहेको छ । 

मेचीनगरका बीमा दर्ता अधिकारी दिलीप पोखरेलका अनुसार मेचीनगरको वडा नं १० मा सबैभन्दा बढी ५ सय १५ जनाले बीमा गराएका छन् ।

रासस


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts