छैठौं चिकित्सक दिवस मनाइयो



Download our app to get more features

काठमाडौं, २० फागुन । सुरक्षित चिकित्सक, सर्वसुलभ उपचार, गुणस्तरीय सेवा– स्वास्थ्यका पूर्वाधार भन्ने नाराका साथ छैठौं चिकित्सक दिवस २०७४ मनाइएको छ । 

नेपाली चिकित्सकहरुले फागुन २० गते चिकित्सक दिवसका दिन वीर अस्पतालमा भेला भई प्रभातफेरी कार्यक्रम गरेका थिए । प्रभातफेरी टुँडिखेल परिक्रमा गरी पुनः अस्पतालमा आई कोण सभामा परिणत भएको थियो ।उक्त सभा मा सरकारी चिकित्सक संघ का अध्यक्ष डा. दिपेन्द्र पाण्डे , NDAN का अध्यक्ष डा.सन्तोष पौडेल ,RANका अध्यक्ष डा. बोम विसी , DSONका महासचिव डा. तोसिमा कार्की लगायत पूर्व NMCसदस्य डा. सतिस दियोले मन्तव्य राखेका थिए । 

डा.दिपेन्द्र पाण्डेले चिकित्सक दिवसको अवसरमा नेपाली चिकित्सकको इतिहास र दिवसको सुरूवातका विषयमा प्रकाश पारे । डा.तोसिमा कार्कीले चिकित्सक दिवसलाई  राष्ट्रिय चिकित्सक दिवस को रूपमा स्थापना गर्नुपर्ने बताए । 

नेपाली डाक्टरहरुको पहिलो संगठन नेपाल चिकित्सक संघको स्थापना भएको दिन फागुन २० गते चिकित्सक दिवस मनाउन शुरु गरेको डा.सन्तोष पौडेलले बताए ।

डा. बोम बीसीले चिकित्सकको सुरक्षा बिना गुणस्तर सेवा सम्भव नरहेको भन्दै डा. बोम बीसीले दिवस मनाउनुको मूल उद्देश्य चिकित्सक र विरामीविचकोे सम्बन्ध सुमधुर बनाउनु रहेको बताए । 
सभामा दिवंगत चिकित्सकहरु प्रति सम्मान प्रकट गर्दै चिरशान्तिको कामनासहित उपस्थिति चिकित्सकले श्रद्धाञ्जली प्रकट गरेका थिए । 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts