गर्भावस्थामै छोराछोरी छुट्याउने डाक्टर जेल जान तयार हुनुहोस् : मन्त्री पण्डित



Download our app to get more features

काठमाडौं, २४ फागुन । वातावरण मन्त्री लालबाबु पण्डितले  गर्भावस्थामै लिंग पहिचान गर्ने चिकित्सकलाई जेल हाल्ने चेतावनी दिएका छन् । पेशागत मान्यता विपरित लिंग पहिचान गरी भ्रुण हत्या गर्ने चिकित्सकलाई कुनै पनि हालतमा जेल पठाउने उनले बताएका छन् । 

विश्व मिर्गौला दिवसको अवसरमा ललितपुरमा आयोजितका कार्यक्रममा मन्त्री पण्डितले गर्भभै छोराछोरी छुट्याउने गैरकानुनी काम चिकित्सकले गर्न नहुने बताएका छन् ।  मन्त्री पण्डितले भने ‘तपाईंहरूले गर्भमा छोरा र छोरी छुट्याउने काम छोड्नुस्, यदि यसो गर्ने हो भने जुनसुकै बेला जेल जान तयार रहनुहोस् ।’ 

मिर्गौला फेल हुँदैमा नेपाली जनता निराश हुनुपर्ने अवस्था नरहेको पनि सो अवसरमा उनले बताए । मिर्गौला रोगको उपचार र प्रत्यारोपण नेपालमै सम्भव भएको भन्दै उनले यसको लागि विदेश धाउनु नपर्ने जनाए । उनले भने 'नेपालमा केही हुँदैन भनेर कहिल्यै नसोच्नुस्, विदेशमा रहेका नेपाली विज्ञ चिकित्सकलाई समेत स्वदेशमै काम गर्ने वातावरण मिलाउँदैछौं ।'

विदेशमा कार्यरत स्वास्थ्यकर्मीलाई लक्षित गर्दै उनले भने ‘विदेशमा होइन, स्वदेशमै बसेर बिरामीको सेवा गरी पुण्य कमाउनुस् ।’

हाल गुणस्तरीय स्वास्थ्य सेवामा सीमित वर्गको मात्रै पहुँच भएको आरोप लगाउँदै अब निम्न आर्थिक स्तरका जनतालाई पनि लक्षित गरी सरकारले स्वास्थ्य कार्यक्रम ल्याउन लागेको मन्त्री पण्डितले जानकारी दिए । उनले भने ‘९५ प्रतिशत स्वास्थ्य सेवा हुनेखानेकै पहुँचमा छ, उनीहरू सुगर लेभल जाँच्न समेत सरकारी खर्च लिएर विदेश पुग्छन्, अबदेखि यो काम बन्द हुन्छ ।’ स्वास्थ्य क्षेत्रमा केही समस्या भए छलफलको लागि सँधै तयार रहेको उनले बताए । 
 

Last modified on 2018-03-09 08:04:38

3 Comments

  1. दिलाशा लम्साल on Mon, Mar 12 2018 03:03 AM

    त्यो भन्द पनि गर्भपतन गर्न पाउने नियम खारेज हुनुपर्छ , अनि मात्र ठिक हुनेछ

  2. रिपु नारायण श्रेष्ठ on Sat, Mar 10 2018 11:14 PM

    बहुत सुन्दर लाल सर लाई सलाम नेपालमा पहुँच हुनिको मातै नेपाली हुन र पहुँच भन्दा बाइरको जनता लाई गैर नेपाली को बेवार हुने गरेको जलत उदारण छ यो ठुलो बडा भनौदो कर्मचारी र नेता हरु मत्रको नेपाल भनेर सोचेको र उनिहरु मातै मान्छे हो अरु सबैइ पसु ठानद छन उनि हरुको टाउको दुख्नु हुन्न सरकारी खर्चमा बिदेशमा गयर उपचार गरौछ गरिब जनता सिटामोल नपायर मोरेका छन

  3. Okay lalbabu pandit le vaneko ekdum sahi ligna pahican garne dr. Lai jail halnu par6.tara hamro samaj Ma kina ligna pahichan garne kura suru vayo ? female foetus lai womb marna lage parents?pahile yo duiota question ko barema sochnu pareyo. Koi pani female lai afno garva ma raheko bachha payaro hun6.tyo satya ho. Tara euta nari lai garva thuhaun bhadaye parne hamro samaj ko kura kina kasaile nakhojeko.kura female foetus abortion garaune dr vandha ni hamro ma rahe ko riti ajai papi 6. Jasle samaj lai damira le jai khairaheko 6.kami samajik chetanako ra bikas ko ho. Tarai ma raheko dowry system hautne bare Ma kasaile sodchena. Passim ma raheko chaupadi partha. Ani aau6 hamro samaj nari jati hune Biedh.samaj ma raheko riti lai change garauna law bhanayera hunna. Teslai jarai dhekhi fhyanak ko lagi samaj harek manis lai chetnasil bhauna jajori 6.


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts