विमान दुर्घटनाका मृतकको पोस्टमार्टम सुरु

सिमित स्रोत साधनले मृतकको पोस्टमार्टममा समस्या   



Download our app to get more features

काठमाडौं, २९ फागुन । हिजो युएस–बांग्ला एयरको विमान दुर्घटनामा परी मृत्यु भएकाहरुको मंगलबार (आज) पोस्टमार्टम गरिने भएको छ । फरेन्सिक मेडिसिन विभागका अनुसार सबै शवहरु संकलन कार्य सकिएकाले पोस्टमार्टम गर्न लागिएको हो । 

दुर्घटनामा मृत्यु भएका ४९ जनाको शव महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा राखिएको छ । शव जलेकाले सनाखत गर्न मुस्किल हुने देखिएपछि पोस्टमार्टम  गर्न लागिएको हो । 

पोस्टमार्टम गर्दा पहिचान खुल्न नसक्ने शवहरुको डीएनए परीक्षण गरिने छ । ‘फरेन्सिक मेडिसिन विभागका प्रोफेसर प्रा.डा हरिहर वस्तीका अनुसार स्रोत साधन अभावका बीच  पोस्टमार्टम गरिएको छ । उनले भने–हामीसंग आवश्यक स्रोत साधन नभएकाले आजै सबैको पोस्टमार्टम गर्न सम्भव छैन । काम सुरु भएको छ हेर्दै जाउँ कति सम्म गर्न सकिन्छ ।’ 

फरेन्सिक विभागमा शव राख्ने ठाउँको अभाव हुँदा शिक्षण अस्पताल महाराजगञ्मा राखिएको छ । 
 

Last modified on 2018-03-13 11:35:46


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts