डा. गोविन्द शर्माको निधन



Download our app to get more features

काठमाडौं, १ चैत्र । त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति एवं  त्रिवि शिक्षण अस्पतालका पूर्व निर्देशक डा. गोविन्द शर्माको ७१ वर्षको उमेरमा निधन भएको छ । 

लामो समय देखि कलेजो सम्बन्धी रोगको समस्या बाट गुज्रीएका शर्माको रुसमा निधन भएको हो । छोरी आनिया शर्मालाई भेट्नका लागि उनी दुई महिना अघि रुस गएका थिए । पारिवारीक स्रोतका अनुसार शर्माको निधन नेपाली समय अनुसार गएराती १० बजे भएको थियो । शर्मा शिक्षण अस्पताल महाराजगञ्जका पूर्व निर्देशक र काठमाडौं मेडिकल कलेज सिनामंगलका कार्यकारी अधिकृत समेत भएका थिए । 

वरिष्ठ शल्यचिकित्सक समेत रहेका शर्माको कलेजोले काम गर्न छाडेपछि वि.स २०६८ सालमा उनकी भान्जी शान्ता दाहालले कलेजो दिएका थिईन । 
 

Last modified on 2018-03-15 09:50:30


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts