भक्तपुर अस्पतालमा आँखा उपचार सेवा



Download our app to get more features

भक्तपुर, २ चैत (रासस) :भक्तपुर अस्पतालले बिहिबारदेखि आँखा उपचार सेवा सञ्चालनमा ल्याएको छ ।

भक्तपुर अस्पताल, भक्तपुर अप्टिकल र योयो युनिटीले संयुक्त रुपमा सेवा शुरु गरेको योयो युनिटीका सचिव अरुण साँयजुले जानकारी दिए ।  योयो युनिटीको रु १६ लाखको लागतमा भक्तपुर अप्टिकलको प्राविधिक सहयोग र अस्पतालको व्यवस्थापनमा सामान्य आँखाको शल्यक्रियासमेत गर्नेगरी सेवा शुरु गरिएको हो । 

चिकित्सकको सिफारिशबमोजिम बिरामीको आवश्यकताअनुरुप चश्माको पावर निर्माण गरी सहुलियत दरमा चश्मा वितरण गरिने उनले जानकारी दिए ।  
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts