दुर्गममा जान डाक्टरको तँछाडमछाड

१ सय २ जनाको पाेष्टिङ गर्न मन्त्रालयलाई सकस



Download our app to get more features

काठमाडौं, २ चैत्र ।  कुनै बेला यस्तो समय थियो, चिकित्सकहरु सेवा दिन दुर्गम जानु परे जागिरबाटै अवकास लिन तयार हुन्थे ।

तर, अहिले त्यसको ठीक उल्टो भएको छ । छात्रावृत्तिमा एमबीबीएस सकाएर लोकसेवा पास गरि आएका डाक्टरहरुले दुर्गम रोज्न होडबाजी गरेका छन् । १ सय २ जना डाक्टरहरु सबैले दुर्गममा गएर सेवा दिने अडान लिएपछि स्वास्थ्य मन्त्रालयलाई सरुवा मिलाउन हम्मेहम्मे परेको छ । 
स्वास्थ्य मन्त्रालय चिकित्सा महाशाखा प्रमुख डा. भोलाराम श्रेष्ठका अनुसार लोकसेवा पास गरेर आउँने मेडिकल अधिकृत ( आठौं तह ) ले धमाधम दुर्गममा पोष्टिङ माग्न थालेपछि सुगमका स्वास्थ्य संस्थाको रिक्त दरबन्दी अपुरो भएको छ ।

सरकारले खटाएको ठाउँमा जान नमाने पछि मन्त्रालयले सबैलाई काउन्सेलिङ गरि मेरिटका आधारमा रोजाएर पठाएको छ । मन्त्रालयले चिकित्सकलाई आकर्षक सेवा सहित नीति परिमार्जन गरेपछि नयाँ आउने सबै डाक्टरहरुले दुर्गम रोज्न थालेका हुन । 

सुगम बसे विशेषज्ञ चिकित्सक बन्न नपाउने 
मन्त्रालयले सुगममा बसेर विशेषज्ञ चिकित्सक बन्ने बाटो बन्द गरेपछि एमबीबीएस गरेका डाक्टरहरु दुर्गम जान तछाडमछाड गरेका हुन । छात्रावृत्तिमा एमबीबीएस गरेका डाक्टरहरुले  अनिवार्य रुपमा एक वर्ष अति दुर्गम र दुई वर्ष सुगममा स्वास्थ्य सेवा दिएको खण्डमा मात्रै विशेषज्ञ डाक्टर पढ्न विदा पाउने छन, कर्मचारी प्रशासन शाखाका उपसचिव बाबुराम खनालले भने । बिगतमा मन्त्रालयले एक भन्दा बढि विकल्प दिने र चलखेल गर्ने परिपाटी थियो खनालले भने, ‘अब त्यसको अन्त्य भएको छ ।

लोकसेवाबाट नाम निकालेको आधारमा पोष्टिङ गरिएको छ । यसले ‘निष्पक्ष’ रुपमा काम गर्ने वातावरणको सृजना भएको छ ।’ 

यस कारण दुर्गम केन्द्रित चिकित्सक
छात्रावृत्तिमा पढेर दुई वर्ष दुर्गममा सेवा दिन नमानी सुगममा केन्द्रित हुने परिपाटी अन्त्य गर्न स्वास्थ्य मन्त्रालयले दुर्गमा दुई र अति दुर्गममा एक वर्ष सेवा नगरी एमडी, एमएस पढ्न नपाउने कुरा स्वास्थ्य सेवा ऐनमा समावेश गर्यो । स्वास्थ्य मन्त्रालयका अनुसार्र  म ‘क’ १  ले १० नम्वर, अतिदुर्गम ‘क’ २ ले ९ नम्वर, दुर्गम ‘ख’ १ ले ७.५ नम्वर, दुर्गम ‘ख’ २ ले ६ नम्वर पाउँनेछन ।

उनिहरुले दुई वर्ष सेवा गरेपछि दुई वर्षको अध्ययन बिदा पाउँने छन् । त्यस्तै सुगम ‘ग’ १ ले ५ नम्वर, सुगम ‘ग’ २ ले ४ नम्वर पाउँने छन् जसले गर्दा उनिहरुले छात्रावृत्तिमा विशेषज्ञ चिकित्सक पढ्न पाउने छैनन । 

हाल सम्म भएका पोष्टिङ, को कहाँ परे 


 

Last modified on 2018-03-16 14:53:08


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts