अस्पतालले अब भोलेन्टियर नर्स राख्न नपाउने



Download our app to get more features

काठमाडौं, ४ चैत । सरकारले सरकारी, निजी तथा गैरसरकारी अस्पतालमा भोेलेन्टियर नर्स नराख्न निर्देशन दिएको छ । 

१८ फागुनमा बसेको नेपाल सरकारको सचिवस्तरीय बैठकले कुनै पनि स्वास्थ्य संस्थामा भोलेन्टियर राख्न नपाउने निर्णय गरेको हो । 

सरकारको सो निर्णय कार्यावन्यनको लागि सरकारी अस्पताल, एशोसियसन अफ प्राइभेट हेल्थ इन्ष्टिच्यूट अफ नेपाल (अफिन), प्राइभेट मेडिकल एण्ड डेण्टल कलेज एशोसियसन अफ नेपाल, नेपाल राष्ट्रिय सहकारी स्वास्थ्य संघ, गैरसरकारी अस्पताल संघ नेपाल र त्यससँग आबद्ध सबै स्वास्थ्य संस्था र मातहतका निकायलाई परिपत्र गरिसकेकोे स्वास्थ्य मन्त्रालयकी प्रमुख अस्पताल नर्सिङ प्रशासक रोशनी लक्ष्मी तुईतुईले जानकारी दिइन् । 

निजी तथा सरकारी अस्पतालहरुले नवप्रवेशी नर्सिङ जनशक्तिलाई विना पारिश्रमिक काममा लगाइरहेको भन्दै सरकारले यसको नियमनको लागि भोलेन्टियर राख्न नपाउने नियम ल्याएको प्रमुख अस्पताल नर्सिङ प्रशासक तुईतुईले बताइन् ।

उनले भनिन् ‘मुलुकका विभिन्न शहरमा खुलेका धेरै निजी अस्पतालहरुले भोलेन्टियर नर्सबाट काम चलाएर उनीहरूको श्रमशोषण गर्दै आइरहेका छन् ।’ भोलेन्टियर गर्दै आई रहेका नर्सहरूलाई मन लाग्दा काममा राख्ने र नलाग्दा निकाल्ने प्रचलन बढिरहेको उनले बताइन । 
 

Last modified on 2018-03-19 07:39:58

1 Comments

  1. यो ब्यबहार्मा लागू हुने होकि होइन तलब नि तोकिनु परोनी कति दिने भनेर।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts