ओम अस्पतालद्वारा दुई दिने वर्कसप आयोजना



Download our app to get more features

काठमाडौ, ४ चैत । ओम हस्पिटल एण्ड रिसर्च सेन्टर चाबहिलले नयाँ डाक्टरलाई लक्षित गर्दै आइतबारदेखि दुई दिने वर्कसप सुरु गरेको छ । वर्कसपमा आइसीयूका विशेषज्ञ डाक्टरले भर्रखरै काम सुरु गरेका हाउस अफिसर र रेजिडेन्ट डाक्टरहरूलाई टे«निङ दिने ओम अस्पतालका डा. प्रमेश श्रेष्ठले बताए ।

वर्कसपको मुख्य उद्देश्य नयाँ डाक्टरहरूलाई कन्फिडेन्ट र जिम्मेवार बनाउनु रहेको डा. श्रेष्ठको भनाइ छ । यो वर्कसप अन्तर्राष्ट्रिय स्तरको र नेपालमा चौथो पटक सञ्चालन भएको अस्पतालले जनाएको छ । ओम हस्पिटलले यसअघि पनि तीन सय भन्दा बढी डाक्टरहरूलाई टे«निङ दिइसकेको डा. श्रेष्ठले बताए । वर्कसपमा कान्ति बाल अस्पताल, त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल, पाटन अस्पताल, ग्राण्डी अस्पताल लगायतमा कार्यरत डाक्टरहरूको सहभागिता छ । यो वर्कसपको सर्टिफिकेट भारत, हङकङ, अस्ट्रेलिया, नेदरल्याण्ड लगायतका देशमा पनि मान्यता पाउने उनले बताए ।

वर्कसपमा सहभागि भएपछि कुनै एउटा नयाँ बिरामी आइसीयूमा आएमा उनीहरूलाई कसरी व्यवस्थापन गर्ने भन्ने बारेमा जानकारी दिने डा. श्रेष्ठले बताए । विभिन्न अस्पतालका डाक्टरहरु यो वर्कशपबाट टे«निङ लिएपछि आफ्नो अस्पतालमा पहिला भन्दा गुणस्तरीय र कन्फिडेन्ट सेवा प्रदान गर्ने उनको भनाइ छ ।


 

Last modified on 2018-03-18 16:50:31


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts