१ जना दन्त चिकित्सकको भागमा २५ हजार जनसंख्या 



Download our app to get more features

काठमाडौं,६ चैत्र । विश्व मुख स्वास्थ्य दिवस मनाइरहँदा नेपालको यस क्षेत्रको अवस्था कस्तो छ त? यहाँ चर्चा गरिएको छ ।

 

  • अहिले मुलुकमा चार दर्जनको हाराहारीमा मात्र सरकारी दरबन्दीमा दन्त चिकित्सकहरु कार्यरत छन् । 
  • हाल नेपाल मेडिकल काउन्सिलमा करिब २ हजार ३ सय दन्त चिकित्सकहरु दर्ता भइसकेका छन् । 
  • विगत १८ वर्षको अवधिमा दन्त उपचारको क्षेत्रमा नेपालले फड्को मारी देशविदेशमा नाम राख्न सफल भएको छ । 
  • हाल मुलुकमा १३ वटा डेन्टल कलेज रहेका छन् । स्वदेश र विदेशमा अध्ययन गरी आएका दन्त चिकित्सकहरुको तथ्यांक हेर्दा बर्षेनी करिब ९ सयको हाराहारीमा दन्त चिकित्सकहरु उत्पादन भइरहेका छन् । 
  • यसमध्ये मुख तथा दन्त चिकित्सामा ५ वटा डेन्टल कलेजबाट पोष्ट ग्राजुएसनको शिक्षा सञ्चालन भइरहेको छ । 
  • सन् २०१६देखि नेपालका डेन्टल कलेजहरुबाट प्रतिवर्ष ६ सय को हाराहारीमा दन्त चिकित्सकहरुको उत्पादन भएका छन् । 
  • नेपालमा मुख तथा दन्त उपचारका लागि १ जना दन्त चिकित्सकको भागमा २५ हजार जनसंख्या पर्छ । 

स्रोत : नेपाल डेन्टल एसोसिएसन

Last modified on 2018-03-22 14:03:38


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts