विश्व मुख तथा दन्त स्वास्थ्य दिवसको अवसरमा कान्तिपुर डेन्टल कलेजको विभिन्न कार्यक्रम 



Download our app to get more features

काठमाडौं, ६ चैत । कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टरको आयोजनामा विश्व मुख तथा दन्त स्वास्थ्य दिवस मनाइएको छ ।

'Say Ahh: Think Mouth Think Health'  भन्ने नाराका साथ हस्पिटलले मंगलवार 'विश्व मुख स्वास्थ्य दिवस २०१८' मनाइएको हो । 
दिवसको अवसरमा कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर, नेपाल स्वास्थ्य व्यवसायी परिषद्को स्वीकृतिमा सञ्चालित कान्तिपुर स्कूल अफ डेन्टिष्ट्रीले संयुक्तरुपमा विभिन्न कार्यक्रमको आयोजना गरेका छन् । 

मुख तथा दन्त स्वास्थ्य सम्बन्धी जनचेतना जगाउनुका साथै दन्त स्वास्थ्यमा देखिएका विभिन्न समस्याहरुको उचित परामर्श दिने उदेश्यले विभिन्न कार्यक्रम गरिएको छ । जसमा विभिन्न नाराका प्लेकार्ड लिएर र्याली गर्दै मुख तथा दन्त स्वास्थ्यको महत्वको बारेमा प्रचार प्रसार गर्ने, ७ दिनसम्म निःशुल्क दन्त परीक्षण गर्ने जस्ता कार्यक्रमहरु समावेश गरिएका छन् । 

विश्व स्वास्थ्य संगठनको प्रतिवेदन अनुसार संसारमा सबैभन्दा बढी समस्या मुख स्वास्थ्यको रहेको छ र साथै यो समस्याको उपचार विश्वमा चौथो महंगो उपचारको रुपमा लिइन्छ । 

नेपालमा ३५ देखि ४४ बर्षको उमेरमा पाइरियाको कारणले गर्दा दाँत झर्ने समस्या देखिएको छ । यसका साथै दाँतमा किरा लाग्ने, गिजाको रोग तथा मुखको क्यान्सर जस्ता समस्याबाट पनि पीडित छन् । 

नेपालमा अझैपनि ८० प्रतिशत मानिसले दन्त सेवा पाउन सकेका छैनन् । हस्पिटलले आयोजना गरेको कार्यक्रममा बोल्दै स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले ग्रामीण तहमा दन्त तथा मुख स्वास्थ्य सेवा उपलब्ध गर्नको लागि नीतिगत सुधार गर्ने बताइन् । 

नेपाल सरकारले दन्त चिकित्सकहरुको दरबन्दी सृजना गरी कम्तिमा प्राथमिक स्वास्थ्य केन्द्रमा दन्त चिकित्सकहरु  पुर्याउनुका साथै मुलुकका सबै हेल्थ पोष्टसम्म डेन्टल हाइजेनिष्टहरु पुर्याउन आवश्यक रहेको कान्तिपुर डेन्टल कलेजका अध्यक्ष डा. बुद्धिमान श्रेष्ठले बताए । 

कान्तिपुर डेन्टल कलेजले मुलुकका ५५ भन्दा बढी जिल्लाहरुमा पुगी मुख तथा दन्त स्वाास्थ्य सम्बन्धी जानकारी गराउनुका साथै निःशुल्क मुख तथा दन्त स्वास्थ्य शिविर, विद्यालय दन्त स्वास्थ्य शिक्षा कार्यक्रम लगायत अभिमुखीकरण कार्यक्रम गर्दै आएको छ । 


 

भिडियो हेर्नुहोस्:

Last modified on 2018-03-20 17:59:23


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts