केडीसीले ‘ओरल हेल्थ सेन्टर फर स्पेशल निड्स’ केन्द्र स्थापना गर्ने



Download our app to get more features

काठमाडौं,१० चैत्र । विभिन्न प्रकारका अपाङ्ग तथा अशक्त व्यक्तिहरुको उपचारका लागि काठमाडौंको बसुन्धरामा रहेको कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर (केडीसी)ले मुख स्वास्थ्य केन्द्र स्थापना गर्ने भएको छ । यो केन्द्र शारीरिक रुपमा अशक्त तथा अपाङ्गहरुको उपचारमा केन्द्रित रहने छ । 

‘ओरल हेल्थ सेन्टर फर स्पेशल निड्स’ नाम दिइएको केन्द्रमा आवश्यकता अनुसार उपचार हुने केडीसीले जनाएको छ ।केडीसीका अध्यक्ष डा. बुद्धिमान श्रेष्ठका अनुसार शारीरिक रुपमा अशक्त व्यक्तिहरुका लागि ‘स्पेशल कियर’ सहितको उपचार हुनुपर्ने भएको र यस्ता व्यक्तिको मुख स्वास्थ्यको उपचार गर्ने स्पेशल सेन्टर अहिलेसम्म कहि कतै नभएकोले उक्त केन्द्र स्थापना गर्न लागिएको हो । 

सेन्टर स्थापनाका लागि केडीसीलाई रोटरी इन्टरनेशनल, रोटरी क्लव अफ काठमाडौँ नर्थ ( डिस्ट्रिक ३२९२), रोटरी क्लव अफ उ कु न्यु ताइपेई सीटी ( डिस्ट्रिक ३४९०)ले सहयोग गर्ने भएको छ ।राष्ट्रिय जनगणना २०११ अनुसार नेपालको कुल जनसंख्याको १.९४ प्रतिशत व्यक्तिहरु कुनै न कुनै प्रकारका शारीरिक अशक्तता रहेको पाइएको छ ।

यसैबीच रोटरी क्लव अफ उ कु ताइपेईबाट मेई चु चौको नेतृत्वमा आएका चार जना दन्त चिकित्सकहरुको टोलीले स्पेशल निड्स (अशक्त तथा अपाङ्ग) भएकाहरुका लागि कसरी उपचार गर्ने भन्नेबारेमा केडीसीका दन्त विशेषज्ञ, दन्त चिकित्सक, डेन्टल हाइजेनिष्ट गरी ३० जनालाई प्रदान गरिएको तालिमको एक कार्यक्रमका बीच हिजो समापन गरिएको छ ।

नेपाली चिकित्सकलाई तालिम दिन ताइवानबाट रोटरियन मेइ चु चौँको नेतृत्वमा डा युन सहित डा चुन फेग ह्वाङ, डा यावो हुई हङ र डा एचसिंङ मिङ युयाङको टोली काठमाडौँ आएको थियो । यसैगरी रोटरी क्लव अफ उ कु न्यु ताइपेई सीटीले केडीसीका चिकित्सकलाई ओरल हेल्थ सर्भेको तरिकाबारे समेत प्रशिक्षण दिएको थियो ।
त्यसैगरी पोखरामा कम्युनिटी ओरल हेल्थ तालिम केन्द्र स्थापना गर्ने, ओरल क्यान्सर स्क्रीनिङमा सहयोग पुरयाउने जनाएको छ । टोलीका एक सदस्य डा वाङ चुङ युनले मुख स्वास्थ्यमा केडीसीको सेवा प्रभावकारी रहेकै कारण आफ्नो संंस्थाले सहयोग पुरयाएको बताए ।

Last modified on 2018-03-24 08:53:28


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts