पाँच वर्षभित्रै नेपालमा एक लाख नर्स आवश्यक



Download our app to get more features

नेपाल नर्सिङ परिषद्का अनुसार नेपालमा हाल ७४ हजार ८ सय ४० जना नर्सिङ जनशक्ति रहेका छन् । अनमी २९ हजार २ सय ७२ र प्रविणता प्रमाणपत्र/बिएस्सी नर्सिङ अध्ययन गरेका नर्सहरू ४४ हजार ७ सय ७२ छन् । त्यसमध्ये विदेशी नर्सहरू ८ सय ३१ जना स्वास्थ्य सेवामा कार्यरत रहेको देखिन्छ । 

एक बर्षभित्र सन् २०१७ को डिसेम्बरसम्ममा १२ हजार २ सय ६५ नर्स, ५ हजार ९ सय ५५ अनमी गरेर कूल १८ हजार २ सय २० जनशक्ति उत्पादन भएका छन् । 

नेपालमा हाल प्रतिबर्ष सरदर ७ हजार ७ सय ४० नयाँ नर्सिङ जनशक्ति उत्पादन हुन्छ । जसमा अनमी २ हजार, प्रमाणपत्र तह ४ हजार ७ सय ६० र बिएस्सी ९ सय ८० पास गर्छन् ।

आवश्यकता साढे ६८ हजार 
स्वास्थ्य मन्त्रालयका नर्सिङ प्रमुख कविता अर्यालका अनुसार हाल देशमा ६८ हजार ४ सय ९० जना नर्सिङ जनशक्ति आवश्यक छ । आवश्यकताभन्दा झण्डै ७ हजार नर्सिङ जनशक्ति देशमा रहेपनि उनीहरूको व्यवस्थापन नगर्दा सेवामा गम्भीर समस्या देखिएको छ । 

सन् २०११ मा स्वास्थ्य मन्त्रालयले स्वास्थ्य सेवा प्रणालीमा आवश्यक स्वास्थ्य क्षेत्रको लागि मानव संसाधन प्रक्षेपण गरिएको थियो जसमा ८ हजार ६ सय ९० जना नर्सिङ जनशक्तिको प्रस्ताव गर्दा २ जनाको दरले १२ सय ४ बर्थिङ सेन्टरसहितको स्वास्थ्य चौकीको लागि २ हजार ६ सय ३६ स्तरोन्नती स्वास्थ्य चौकीको लागि २ जना, २० ग्रामीण अस्पतालको लागि ३ जना , ६५ जिल्ला अस्पतालको लागि ४ जना , ११ अञ्चल अस्पतालको लागि १० जना, क्षेत्रीय अस्पतालको लागि २० जना, १३ केन्द्रिय अस्पतालहरूको लागि २० जना तय गरेको थियो । 

२४ घण्टा सेवामा खटिनुपर्ने भएकाले यसमा सिफ्ट चेन्जको पनि कुरा उल्लेख गरिएको थियो । 

विश्व स्वास्थ्य संगठनका अनुसार हरेक दश हजार जनसंख्याका लागि चिकित्सक, नर्स र मिडवाइफ्री समेत गरेर २३ जनाको अनुपातमा उपलब्ध हुनुपर्छ । 

आगामी पाँच वर्षमा एक लाख आवश्यक
सन् २०१३ मा स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार नेपालमा प्रति दश हजार जनसंख्याको लागि ६ दशमलब ८ स्वास्थ्यकर्मी रहेको देखिन्छ । अबको पाँच बर्षभित्रमा अर्थात सन् २०२३ भित्रमा नेपालमा ९२ हजार ८ सय ३६ जना नर्सिङ जनशक्ति आवश्यकता पर्दछ । 

हाल मुलुकमा प्रतिवर्ष सरदर ७ हजार ७ सय ४० को संख्यामा विभिन्न तहका नयाँ नर्सिङ्ग जनशक्तिहरूको उत्पादन हुने गर्दछ । अर्कोतिर वर्षेनी करिब एक, दुई सयको हाराहारीमा नयाँ वि.एस्सी. नर्सिङ्ग जनशक्तिहरू विदेशबाट अध्ययन गरी फर्किन्छन् ।
हाल नेपाल सरकार मातहतको सरकारी तथा सरकारी स्वामित्वमा रहेका अस्पतालहरूमा साधारणता एक नर्स बराबर २०–२५ जना बिरामीलाई जनरल वार्डहरूमा सेवा पु¥याउँदै आइरहेको देखिन्छ ।

सन् २०१२ को तथ्याङ्क अनुसार नेपालमा प्रति हजार जनसंख्यामा ०.०५ नर्सिङ्ग जनशक्ति भएको देखिन्छ । जबकी विश्व स्वास्थ्य संगठनको अनुसार गुणस्तर स्वास्थ्य सेवा प्रदान गर्न प्रति हजार जनसंख्यामा २३ नर्सिङ्ग जनशक्तिको व्यवस्था हुनुपर्छ भनी निर्धारण गरेको छ ।

कुनै पनि राष्ट्रको स्वास्थ्य क्षेत्रको मानव संसाधन सम्बन्धी दीर्घकालीन, मध्यकालीन तथा अल्पकालीन नीति, योजना तथा कार्यक्रम तर्जुमा गर्नु राज्यको दायित्व हो । 

मानव संसाधन योजनाको मूल उद्देश्य विद्यमान अवस्थाको विश्लेषण गरी मुलुकको जनसंख्यामा भावी दिनहरूमा आउने परिवर्तन, जनस्वास्थ्यका चुनौतिहरू पहिल्याउनु पर्ने हुन्छ । स्वास्थ्य क्षेत्रको मानव संसाधन योजना महत्वपूर्ण रूपमा अन्तर्राष्ट्रिय जगतमा लिएको पाइन्छ । 

यसो गर्न सकेमा मात्र लक्ष्य अनुसारको गुणस्तरीय सेवा प्रदान गर्नको लागि सहयोग मिल्छ । विद्यमान अवस्था विश्वभर स्वास्थ्य सेवा क्षेत्रमा स्वास्थ्य जनशक्ति मध्येको ठूलो हिस्सा ओटेको नर्सिङ्ग जनशक्ति रहेको अवस्था जगजाहर छ ।

नर्सिङ्ग तथा मिड्वाइफ्री जनशक्ति र जनसंख्याको अनुपातका साथै चिकित्सक र जनसंख्याको अनुपात देशको आर्थिक र सामाजिक स्तरको विकासको अवस्थासंगै फरक फरक रहेको पाइन्छ । सामान्यतया स्वास्थ्य क्षेत्रमा धेरै लगानी गर्ने राष्ट्रहरूमा स्वास्थ्य जनशक्तिको बलियो उपस्थिति देखिन्छ । 
त्यसैले यसको अनुपात विकासशील मुलुकहरूको दाँजोमा विकसित मुलुकमा राम्रो रहेको पाइन्छ । 

सन् २०१२ को तथ्यांक अनुसार नेपालमा प्रति हजार जनसंख्यामा ०.०५ नर्सिङ्ग जनशक्ति भएको देखिन्छ जबकि विश्व स्वास्थ्य संगठनको अनुसार गुणस्तर स्वास्थ्य सेवा प्रदान गर्न प्रति हजार जनसंख्यामा न्युनतम २.३ नर्सिङ्ग/मिड्वाइफ्री जनशक्तिको व्यवस्था हुनु पर्छ भनी निर्धारण गरेको छ ।

अन्तर्राष्ट्रिय मापदण्ड/विश्व स्वास्थ्य संगठन अनुसार नर्सिङ्ग जनशक्तिहरूको विकासको लागि योजना र रणनीति अद्यावधिक रूपमा तय गर्नुपर्ने देखिन्छ । तर सरकारी तथा निजी दुवै विश्वविद्यालय÷प्रतिष्ठान र शिक्षण संस्थाहरूमा नर्सिङ्ग जनशक्ति विकासको योजना भएको छैन् ।

 

(हाम्रो डक्टर मासिक पत्रिकाबाट)

Last modified on 2018-07-13 18:43:32


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts