एक वर्षमा साढे छ लाख महिला सुत्केरी



Download our app to get more features

काठमाडौ, २७ चैत्र ।नेपालको कुल जनसंख्या मध्ये प्रति वर्ष ७ लाख ५८ हजार ६ सय ५२ जना महिला गर्भवती हुने अनुमान छ ।

यस मध्ये ६ लाख ४३ हजार ३ सय ३७ जना सुत्केरी हुन्छन्  । जम्मा गर्भवती संख्या मध्ये केहीले गर्भपतन गराउने र कसैको खेर जाने समस्या हुन्छ । जम्मा सुत्केरी मध्ये ३ लाख ५० हजार २ सय ३१ जनाले स्वास्थ्यकर्मीको सहयोगमा र १५ हजार ७ सय ६२ जनाले घरमै स्वास्थ्यकर्मीको सहयोगमा जन्माउँछन् । तथ्याङक अनुसार २ लाख ७७ हजार महिला अझै स्वास्थ्य सस्थाको पहुँच बाहिर सुत्केरी हुने गरेका छन् । गत एक वर्षमा ५९ जना आमाको बच्चा जन्माउन नसकेर मृत्यु भएको छ भने करिब ९ हजार शिशु जन्मदै मरेको अवस्था छ । 

बाल मृत्युदरमा कमी 
बाल मृत्युदरमा विगतको तुलनामा धेरै कमि आएको छ । न्युएराका निर्देशक योगेन्द्र प्रसाइका अनुसार नेपालमा २५ जीवित बालबालिका मध्ये एक बच्चा पाँच बर्ष पुग्न नपाउदै मृत्यु हुने गरेको छ । सन् २०३० भित्र नेपालमा नवजात शिशु र पाँच बर्ष मुनिका बच्चाहरुको बाल मृत्युदर प्रति एक हजार जीवित जन्ममा क्रमशः १२ र २० मा झार्ने लक्ष्य रहको प्रसाईले बताए । यस लक्ष्यलाई दिगो राख्न सरकारले निरन्तर बाल मृत्युदर घटाउने कार्यमा लाग्नु पर्छ । सन् १९९६ मा जम्मा ८ प्रतिशत बच्चा मात्रै स्वास्थ्य सस्थामा जन्मने गर्थे उनले भने, २०१६ को रिपोर्ट अनुसार ५७ प्रतिशत पुगेको छ । 

मातृ तथा नवजात शिशुको स्वास्थ्य स्याहार
१५–४९ बर्ष उमेर समूहका १० गर्भवती महिलाहरुमध्ये ८ भन्दा बढि ८४ प्रतिशत महिलाहरुले डाक्टर, नर्स वा अ.न.मी. जस्ता दक्ष प्रसुतीकर्मीहरुबाट गर्भवती सेवा पाएका छन् । गर्भवती सेवा पाउने समय र सेवाको गुणस्तर गर्भवती महिलाको लागि धेरै महत्वपूर्ण हुन्छ । गर्भवती सेवा पाएका महिलाहरुमध्ये दुई–तिहाई महिलाहरुले सिफारिस गरिए अनुसार गर्भावस्थाको पहिलो ४ महिनामा नै पहिलो गर्भवती सेवा लिएका थिए । दश मध्ये सात महिलाहरुले चार वा सो भन्दा बढि पटक गर्भवती सेवा लिएका थिए ।
९१ प्रतिशत महिलाहरुले गर्भावस्थामा आईरन चक्की वा झोल खाएका थिए । ८९ प्रतिशत महिलाहरुको पछिल्लो गर्भको बच्चा धनुष्टड्ढारबाट सुरक्षित थियो । सबैभन्दा पछिल्लो गर्भावस्थामा गर्भवती सेवा पाएका महिलाहरु मध्ये, ९१ प्रतिशतको रक्तचाप मापन गरिएको, ७६ प्रतिशतको  पिसावको नमूना र ६६ प्रतिशतको रगतको नमूना लिइएको थियो । 

सुत्केरी सेवा
आधा भन्दा बढि ५७ प्रतिशत बच्चाहरु स्वास्थ्य संस्था, विशेष गरी सरकारी स्वास्थ्य संस्थामा जन्मिने गरेका छन् । तथापी, ४१ प्रतिशत बच्चाहरुको जन्म घरैमा हुने गरेको छ । एस.एल.सी. वा सो भन्दा माथि शिक्षा हासिल गरेका ८५ प्रतिशत तथा सबैभन्दा सम्पन्न घरपरिवारका ९० प्रतिशत महिलाहरुले  स्वास्थ्य संस्थामा बच्चा जन्माउने गरेका छन् । सन् १९९६ मा ८ प्रतिशत बच्चाहरु मात्र स्वास्थ्य संस्थामा जन्माउने गरिएको थियो भने सन् २०१६  मा बढेर ५७ प्रतिशत पुगेको छ ।
 

Last modified on 2018-04-11 14:19:08


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts