कम तौल भएका बच्चामा नसर्ने रोगको जोखिम उच्च



Download our app to get more features

काठमाडौं, ६ वैशाख । गर्भवस्थामा आमाले स्वास्थ्यको ख्याल नगर्दा कम तौल भएका बच्चा जन्मिने गरेका छन् । 

गर्भवस्थामा हुने खानपान, आहार, व्यवहारमा ध्यान नदिँदा समय पुगेर बच्चा जन्मिए पनि बच्चामा हुनु पर्ने औषत तौल नपाइएको चिकित्सकहरुले बताएका छन् । चिकित्सकले बताए अनुसार कम तौल भएका बच्चामा नसर्ने रोगको जोखिम बढी हुन्छ । 

बच्चा जन्मेको समयमा २.५ किलोग्राम भन्दा कम भएको खण्डमा नसर्ने रोगको उच्च जोखिममा पर्छन । यसबाहेक, उनिहरुमा बोल्ने क्षमता संगै समन्वय गर्ने क्षमतामा समेत ह्रास आउँछ । जन्मेको बच्चाको सामान्य तौल २.५ किलोग्राम हुनु पर्छ । दुई किलोग्राम भन्दा कम तौलको शिशुमा हृदय घातको समस्या हुन्छ ।  

यसबाहेक, उनिहरुमा चिनिरोग, हृदय रोग, रक्तचाप, पुड्कोपन, मानसिक समस्या देखिन सक्छ । शारिरीक रुपमा चुस्त हुन नसकेका कारण नसर्ने रोगको जोखिम दिन प्रतिदिन बढिरहेको हुन्छ, पोषण शाखा प्रमुख राजकुमार पोखरेले भने । 

५० प्रतिशत बच्चा जोखिममा 
सरकारका अनुसार २२ प्रतिशत बच्चा जन्मदै कम तौल भएर जन्मन्छन । ५ वर्ष मुनिका मात्रै २७ प्रतिशत बालबालिकामा चाहिने भन्दा कम तौल देखिएको छ । ‘पोखरेलले भने,’ ‘नेपालमा औपचारीक रुपमा यस विषयमा अनुसन्धान गरिएको छैन । अनुसन्धान नभएपनि जन्मदै कम तौल भएका ५० प्रतिशत बच्चामा नसर्ने रोगको बढ्दो जोखिम छ ।’ नेपालमा प्रति वर्ष करिब ६ लाख बच्चा जन्मिने गर्छन । 

उनिहरुमा शारीरिक र मानसिक विकास नहुने पनि पोखरेलले बताए । जन्मदै कम तौल भएका बच्चाहरुमा रोग प्रतिरोधात्मक क्षमता कम हुने र दिर्घकालीन रुपमा रोगको संक्रमण हुने गर्छ । 

पोखरेलका अनुसार गर्भवती महिलाले खानेकुरा अन्य समयको तुलनामा एक समय बढी खानु पर्छ । सागपात, माछा मासु अनिवार्य रुपमा खानु पर्छ । बच्चा कम तौलको जन्मेको खण्डमा ६ महिना सम्म आफ्नो मात्रै दुध खुवाउनु पर्छ । त्यस पछि मात्रै कार्वोहाईटेड, प्रोटिन मिसावट पुरक आहारमा जानु उचित हुन्छ । 

गर्भवती महिलाले बढीसमय सुत्ने
चिकित्सकका अनुसार गर्भवती महिलाले ११ घण्टा अनिवार्य सुत्नुपर्ने हुन्छ । समयमा नसुत्ने चुरोट, रक्सी जस्ता पेय पदार्थको सेवन गर्ने, काम बढी गर्ने हुँदा पिसावमा संक्रमण हुन सक्ने सम्भावना बढेर जान्छ । यस्तो अवस्थामा जन्मने बच्चाहरुको तौल कम हुन पुग्छ । त्यसकाररण आईरन चक्कि खान चिकित्सकले सुझाव दिने गर्छन्  । 
 

Last modified on 2018-04-20 08:09:50


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts