बीमा बोर्डको निर्देशकमा उपाध्याय



Download our app to get more features

काठमाडौं, ८ वैशाख । राष्ट्रिय बीमा बोर्डको निमित्त कार्यकारी निर्देशकमा मदनकुमार उपाध्याय नियुक्त भएका छन् । 

शुक्रबार मन्त्रीस्तरीय निर्णय गर्दै स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पद्मा अर्यालले उपाध्यायलाई बोर्डको कार्यकारी निर्देशकमा नियुक्त गरेकी हुन् ।

एघारौँ तहका उपाध्याय मध्यमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालयका निर्देशक हुन् ।

यसअघि बोर्डका कार्यकारी निर्देशक डा.गुणराज लोहनीलाई स्वास्थ्य सेवा विभागको निर्देशक बनाएपनि बोर्डको निर्देशक पद रिक्त थियो ।

यसैबीच स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा पूर्व सचिव डा सेनेन्द्रराज उप्रेतीलाई बनाउने तयारी थालिएको छ । राज्यमन्त्री अर्यालले उप्रेतीलाई अध्यक्ष बनाउने तयारी गरेपनि निर्णय भने मन्त्रिपरिषदबाट मात्र हुनेछ । 

Last modified on 2018-04-21 10:16:58


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts