'बीम अफ होप'ले आयोजना गर्यो महिला सशक्तिकरण कार्यशाला



Download our app to get more features

काठमाण्डौ, ८ बैशाख । बीम अफ होप (आशाको किरण,महाराजगंज मेडिकल क्याम्पस र महाराजगंज नर्सिंग क्याम्पस इकाई द्वारा आयोजित महिला सशक्तिकरण सम्बन्धि एकदिने कार्यशाला सम्पन्न भएको छ । 

राजधानीको भिमसेनगोलास्थित आनन्द इभेन्ट्समा शनिवार आयोजित कार्यक्रममा किशोरी तथा युवतीहरुलाई आत्मरक्षा सम्बन्धि सीप सिकाउने र उनीहरुको वाक्तित्व विकास गराउने प्रकारका अभिप्रेरणात्मक प्रशिक्षण तथा तालिम दिइएको बीमका अध्यक्ष डा. सन्तोष उपाध्यायले हाम्रो डक्टरलाई बताए । 

कार्यक्रममा शिक्षण अस्पतालमा एमबीबीएस अध्ययनरत पहिलो वर्षदेखि तेश्रो वर्षसम्मका एकसय ५० जनाभन्दा बढी छात्रा सहभागी भए । कार्यक्रममा नेपाल आइडल सिजन एकका अन्तिम प्रतिस्पर्धी सुजाता पाण्डे, सन्ध्या जोशी लगायत पनि सहभागी भएको डा. उपाध्यायले जानकारी दिए । 

Last modified on 2018-04-21 20:52:15


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts