दैलेख कारागारमा औषधि अभाव



Download our app to get more features

दैलेख, ९ वैशाख । दैलेख कारागारका कैदी तथा बन्दीहरुलाई औषधि अभाव भएको छ । 

कारागारको अनुगमन गर्न पुगेको टोलीसँग कैदी तथा बन्दीहरुले कारागारमा औषधि नहुँदा समस्या भएको बताएका छन् । सामान्य बिरामी पर्दा सिटामोल, व्रोफिन पाइए पनि बन्दीहरु मध्ये केही किड्नी, मुटुरोग लगायतका दीर्घरोगीहरुको उपचारका लागी कारागारबाट पहल हुन नसकेको बन्दी नाइके कालु चन्दले बताए । 

अनुगमन टोलीमा रहेका सीअहेव इन्द्रबहादुर थापाले बन्दीहरुलाई बाहिर लिई उपचार गर्न प्रक्रियागत जटिलताका कारण दीर्गरोगीलाई उपचारको प्रयत्न गर्न नसकिएको बताए । 

दैलेख कारगारमा अहिले ११ जना महिला सहित १ सय १३ जना बन्दी रहेका छन् । 
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts