प्रिमियर इन्स्योरेन्सका ग्राहकको ओम हस्पिटलमा नगदरहित उपचार हुने



Download our app to get more features

काठमाडौं, १६ वैशाख । प्रिमियर इन्स्योरेन्स र ओम हस्पिटलबीच नगदरहित स्वास्थ्य उपचार सेवा प्रदान गर्ने बिषयमा सम्झौता भएको छ । सम्झौतापछि प्रिमियर इन्स्योरेन्सबाट बीमा लेख खरिद गर्ने ग्राहकले बीमा लेख प्रकारको आधारमा ओम हस्पिटलमार्फत नगदरहित स्वास्थ्य उपचार सेवा पाउनेछन् ।

सो सम्झौता पत्रमा प्रिमियर इन्स्योरेन्स कम्पनी प्रा. लि. को तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुधुम्नप्रसाद उपाध्याय र ओम हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.का तर्फबाट प्रबन्ध निर्देशक बाबुकाजी कार्कीले हस्ताक्षर गरेका छन् ।

सम्झौता पश्चात प्रिमियर इन्स्योरेन्सबाट औषधोपचार बीमा सम्बन्धी बिमालेख खरिद गर्ने ग्राहकले बीमालेख प्रकारको आधारमा ओम हस्पिटलबाट नगदरहित स्वास्थ्य सेवा प्राप्त गर्नेछन् ।
सो अवसरमा प्रिमियरका प्रमुख कार्यकारी अधिकृतले प्रिमियर इन्स्योरेन्स र ओम हस्पिटलको यो सहकार्यले स्वास्थ्य सेवामा नेपालीको पँहुच अझै बढ्ने विश्वस्त व्यक्त गरे । साथै ओम हस्पिटलका प्रबन्धक निर्देशकले सम्झौताबाट सम्पूर्ण सेवाग्राहीलाई औषधोपचारसम्बन्धी बीमालेख खरिद गरी सोको लाभ उठाउन आग्रह गरे ।

 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts