चिकित्सा शिक्षा ऐन प्रथम अध्यादेश अनुरुप पारित गर्न डा. केसीको माग



Download our app to get more features

काठमाडौँ, २० बैशाख । प्राडा गोविन्द केसीले सरकारसँग चिकित्सा शिक्षा ऐन प्रथम अध्यादेश अनुरुप हुने गरी यथाशीघ्र पारित हुनुपर्नेलगायत चार बुँदे माग  अघि सारेका छन् । विहीबार पत्रकार सम्मेलन आयोजना गरी उनले माग पुरा नभए आमरण अनसन बस्ने चेतावनी दिएका छन् । 

उनले चिकित्सा शिक्षा ऐन प्रथम अध्यादेश अनुरुप हुने गरी यथाशीघ्र पारित हुनुपर्ने , माइतीघर मण्डला क्षेत्रमा प्रदर्शन निषेध गर्ने निर्णय तत्काल फिर्ता गर्नुपर्ने, चिकित्सा शिक्षा सम्वन्धी जाँचबुझ आयोगको प्रतिवेदनले दोषी ठहर गरेका सबै पदाधिकारीलाई कारबाही गर्नुपर्ने माग अघि सारेका छन् ।

प्राडा केसीले आइओएमबाट खोसिएका अधिकार फिर्ता हुनुपर्ने तथा थप स्वायत्तता दिनुपर्ने, नाजायज शुल्क लिने निजी मेडिकल कलेजमाथि कारबाही गर्नुपर्ने र पूर्वप्रधान न्यायाधीस गोपाल पराजुलीमाथि छानवीन गरी कारबाही गर्नुपर्ने माग पनि राखेका छन् I

यी हुन् डा. केसीका चार बुँदे माग


 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts