२२ दिनकी सुत्केरी मृत फेला



Download our app to get more features

त्रिशूली (नुवाकोट), २२ वैशाख । बेलकोटगढी नगरपालिका–११ तिगाउँमा २२ दिनकी एक सुत्केरी मृत फेला परेकी छन् । 

स्थानीयवासी कान्छा तामाङकी १७ वर्षीया श्रीमती संगीता शुक्रबार साँझ घरदेखि एक किमी टाढा रहेको बारीको रुखमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । घटना आत्महत्या हो वा हत्या भन्ने बारेमा अनुसन्धान भइरहेको बताइएको छ ।

रासस
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts