जेनेभा जान नपाएपछि स्वास्थ्यमा रुवाबासी, तीन जनाको मात्र नाम स्वीकृत



Download our app to get more features

काठमाडौं, २८ वैशाख ।विश्व स्वास्थ्य संगठनको ७१ औँ साधारण सभामा भाग लिन जेनेभा जाने तयारिमा देखिएका स्वास्थ्यका कर्मचारी भ्रमण स्वीकृत नभएपछि तनावमा देखिएका छन् । 

आगामी मे २१ देखि २६ सम्म जेनेभामा हुने साधारण सभामा भाग लिन जाने तयारीमा रहेका स्वास्थ्यका कर्मचारी कार्यक्रम स्वीकृत नहुदा तनावमा देखिएका हुन ।भ्रमण टोली अनावश्यक र ठूलो भएको भन्दै प्रधानमन्त्री तथा स्वास्थ्य मन्त्री केपी शर्मा ओलीले तीन जनाको मात्रै सिफारीस गरेका हुन ।

जेनेभाका लागि नाम स्वीकृत हुनेमा स्वास्थ्य राज्यमन्त्री पद्यमा अर्याल, उनका स्वकिय सचिव राजेश शर्मा र नेपाल मेडिकल काउन्सिलका रजिष्ट्रार डा. दिलिप शर्मा रहेका छन् । बाँकी तीन जना भने जेनेभस्थित स्थायी नियोगबाट सामेल हुनेछन् । स्वास्थ्यमन्त्रीले आफ्ना नजिककालाई लैजान खोजेपछि ३ जनाको नाम मात्रै प्रधानमन्त्री कार्यालयले स्वीकृत गरेको बुझिएको छ ।

सूची पुर्नरविचार गर्न ताकेता 
स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले जेनेभा जाने नाम पुर्नरविचार गर्न प्रधानमन्त्रीलाई ताकेता गरेको पाइएको छ । जेनेभा जान नपाएपछि उनिहरुले मन्त्रीले मात्रै साधारण सभामा स्वास्थ्यका कुरा राख्न नसक्ने भन्दै दिनँहु विभिन्न शक्ति प्रयोग गरेर प्रधानमन्त्रीलाई सूचीमा  पुर्नरविचार गर्न दबाब दिइरहेको स्रोतको भनाई छ । विश्वासिलो स्रोत अनुसार स्वास्थ्य मन्त्री अर्यालले आफ्नो जिल्ला स्याङ्जाका तीन वटा एनजिओका मान्छेलाई पनि सो सभामा लैजान नाम पठाएकी थिईन् । महेन्द्र श्रेष्ठले पहिलै एनजीओको मान्छे नहालौं भनेका थिए तर, मन्त्रीले मानेकी थिइनन् ।

जानै पर्ने दुई जना छुटे 
विश्व स्वास्थ्य संगठनमा १ सय ९३ सदस्य राष्ट्र छन । उक्त सभामा सबै राष्ट्रका प्रतिनिधि आउनेछन् । जेनेभा जानेमा नीति योजनाका महेन्द्र श्रेष्ठ, चिकित्सा महाशाखाका कृष्ण सुवेदी, डा. भगवान कोइराला लगायत १४ जनाको नाम समावेश गरिएको थियो । विज्ञहरुका अनुसार विश्व स्वास्थ्य संगठनको ७१ औं साधारण सभामा जानैपर्ने दुई जना व्यक्ति छुटेका छन् । 

‘यो अरुको विषय जस्तो हैन मन्त्रालयकै एक उच्च अधिकारीले भने, विश्व स्वास्थ्य संगठनको साधारण सभामा भनेको सदस्य राष्ट्रहरुले विगतमा गरेका काम कारवाही र आगामी योजनाका विषयमा छलफल गर्ने सभा हो ।’ यस सभामा मन्त्री, सचिव र नीति योजनाको प्रमुखको अनिर्वाय उपस्थिति हुनुपर्छ । तीन व्यक्ति भन्दा बाहिरका मान्छेको काम जेनेभामा गएर घुम्ने मात्रै हो । सचिवले सभामा कुन–कुन विषयमा बजेट ल्याउने भन्नेमा छलफल गर्नेछिन् ।   
 

Last modified on 2018-05-11 14:40:31

2 Comments

  1. शारदा अधिकारी के,सि on Mon, May 14 2018 09:40 PM

    जुनसुकै ब्याक्ती फेरियो तर ब्यबस्था फेरिने वाला छैन ।जो सुकै आओस् सिङो देस बनाउनेतर्फ होइन आफ्नालाइ बनाउने तर्फ लाग्दै छन् ।थुक्क हाम्रो जिन्दगी 😅

  2. Bitter truth and continuity of previous system only differences in size.Not able to identify the key persons who can play pivotal role in the meeting Saying and doing are different in Nepal.


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts