राष्ट्रकविलाई उपचारका लागि विदेश लैजान परे पनि सरकार तयार छ –प्रधानमन्त्री



Download our app to get more features

काठमाडौँ, ७ जेठ ।  ग्राण्डी अन्तराष्ट्रिय अस्पतालमा उपचारत राष्ट्रकवि माधवप्रसाद घिमिरेको सम्पूर्ण खर्च सरकारले व्यहोर्ने भएको छ ।

राष्ट्रकविलाई भेट्न हिजो अस्पताल पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले सम्पूर्ण उपचार खर्च बेहोर्ने बताएका हुन् । राष्ट्रकविको स्वास्थ्यवस्थाबारे जानकारी लिँदै प्रधानमन्त्री ओलीले आवश्यक परे सरकारले विदेशमा लगेर समेत उपचार गराउने प्रतिबद्वता व्यक्त गरे ।  अस्पतलबाटै उनले राष्ट्रकवि घिमिरेको उपचारका सम्बन्धमा छिमेकी भारतस्थित सम्बन्धित चिकित्सकलाई टेलिफोन गरी आवश्यक परार्मशसमेत गरे ।  

प्रधानमन्त्री ओलीका प्रेस संयोजक चेतन अधिकारीले राष्ट्रकवि घिमिरेलाई आत्मबल बलियो बनाउन तथा उपचारमा संलग्न चिकित्सकलाई उनको  उपचारमा कुनै कसर बाँकी नराख्न प्रधानमन्त्री ओलीले निर्देशन दिएको बतए । 
राष्ट्रकवि घिमिरे एक साताअघि आन्तरिक रक्तस्राव बढेपछि अस्पताल भर्ना भइ उपचारत छन् । आन्तरिक रक्तस्राव भएपछि अहिले हाई केयर युनिटमा राखेर उनको उपचार हुँदै आएको छ । 

उनान्सय वर्षीय घिमिरेको मुटु, मिर्गौला र फोक्सामा समस्या देखिएकाले विगत तीन महिनादेखि अस्पताल लाने र ल्याउने गरिँदै आइएको थियो । रासस
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts