धुर्कोट स्वास्थ्य केन्द्रमा ल्याब संचालन, २२ प्रकारका रोगहरुको पहिचान गर्न सकिने



Download our app to get more features

गुल्मी, जेठ ८ गते। धुर्कोट रजस्थल स्वास्थ्य केन्द्र धुर्कोट गाउँपालिका ६ धुर्कोट रजस्थल गुल्मीमा ल्याब सेवा सञ्चालनमा आएको छ । 

गाउँपालिकाको आर्थिक सहयोगमा ल्याब सेवा संचालनमा आएको हो । गाउँमै ल्याव सेवा संचालनमा आएसँगै सानो–सानो रोगको परीक्षण गर्न स्थानीयलाई सदरमुकाम तम्घास जानुपर्ने बाध्यताको अन्त्य भएको छ । ंउक्त ल्याब सेवाले रजस्थलसँगै वाग्ला, वस्तु, जैसिथोक, हाडहाडे, पिपलधारा, मदाने गाउँपालिकाको भनभने, म्यालपोखरी, पुर्कोट लगायतको दर्जनौ गाउँका स्थानियलाई सुविधा हुने धुर्कोट रजस्थल स्वास्थ्य केन्द्रले जनाएको छ । ‘अव सामान्य रोग पत्ता लगाउन सदरमुकाम नै धाउनु पर्दैन,’स्थानीय दधिराम खनालले भने, ‘गाउँमै ल्याब सेवा संचालनमा आएपछि हामीहरु हर्षित भएका छौ,’खर्च पनि जोगियो ।’
 
२२ प्रकारका रोगहरुको पहिचान गर्न सकिने
धुर्कोट रजस्थल स्वास्थ्य केन्दका डाक्टर का सुरज पोखरेलका अनुसार ल्याबमा जन्डिस, क्षयरोग, मिर्गौला लगायतका २२ प्रकारका रोगहरुको पहिचान गर्न सकिन्छ । ल्याव मार्फत रोग पहिचान भएपनि उपचार गर्न सम्भव भएकाले आफुहरुलाई समेत थप उर्जा मिलेको उनले बताए । त्यस्तै ल्यावबाट खकार, दिसा, पिसाब, रगत लगायतमा रोगको किटाणु भए/नभएको पत्ता लगाइन्छ । ‘रोगका साना–साना किटाणुहरु पत्ता लगाउने माइक्रोस्कोप लगायतका सामाग्रीसहित ल्याब सेवा संचालनमा ल्याएका छौ,’डाक्टर पोखरेलले भने, ‘अब धेरै उपचार यो स्थानीयका लागि धेरै फाइदाको बिषय हो ।’धुर्कोट गाउँपालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएको बताउँदै धुर्कोट गाउँपालिकाका अध्यष दधिराम पोखरेलले सोहि केन्द्रमा यसभन्दा अगाडी नै निशुल्क स्वास्थ्य शिविर संचालन गरिसकेकोबताए । 

उनले आगामी दिनहरुमा ज्येष्ठ नागरिकको लागि निःशुल्क स्वास्थ्य शिविर संचालन गर्ने, सातवठै वडामा एम्बुलेन्स सेवा सञ्चालन गर्ने, सबै स्वास्थ्य चौकिमा २४ घण्टा नै प्रसुति सेवा संचालन गर्ने जानकारी दिए ।

 
 

Last modified on 2018-05-22 08:42:10


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts