अल्का अस्पतालले हेल्दी बेबी प्रतियोगिता आयोजना गर्ने



Download our app to get more features

ललितपुर, ८ जेठ । अल्का अस्पतालले अघिल्ला वर्षमा जस्तै यसवर्ष पनि हेल्दी बेबी प्रतियोगिता आयोजना गर्ने भएको छ । लाइन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ एको सहकार्यमा अस्पतालले प्रतियोगिता आयोजना गर्न लागेको हो ।

प्रतियोगिता १२ जेठमा अस्पताल परिसर जावलाखेलमा हुने अस्पतालकी कार्यकारी निर्देशक तथा हेल्दी बेबी प्रतियोगिताकी अध्यक्ष विद्या श्रेष्ठले जानकारी दिइन । 
प्रतियोगितामा नाम दर्ताको लागि बच्चाको जन्ममिति प्रमाणपत्रको प्रतिलिपि, नियमित खोप लगाइएको कार्ड र पासपोर्ट साइजको २ वटा रंगिन फोटो आवश्यक पर्ने अस्पतालकी प्रशासन प्रमुख रोजिका प्रधानले जानकारी दिइन । 

जन्मेदेखि १ वर्षसम्मका ५० जना, १ वर्षदेखि ३ वर्षसम्मका ७५ जना र ३ वर्षदेखि ५ वर्षसम्मका ७५ जना बालबालिकालाई प्रतियोगितामा सहभागी गराइनेछ । बिजेताले नगद तथा आकर्षक पुरस्कार प्राप्त गर्नेछन् । 
प्रतियोगितामा सहभागी भएका बाबुआमालाई बच्चाको शारीरिक, मानसिक, पुर्ण खोप तथा पोषण सम्बन्धी जानकारी समेत दिइने अस्पतालले जनाएको छ ।

2 Comments

  1. I just want to participate my baby plz inform me in detail

  2. Kaila saama firm varnu parna where bujaunu parna form yo pani jankari huna sakxa ki?????


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts