बाङ्गो टिङ्गो दाँत कसरी मिलाउने ?



Download our app to get more features

दाँत स्वास्थ्यका लागि मात्र नभएर सौन्दर्यको लागि पनि अति महत्वपूर्ण अंङ्ग हो । टम्म मिलेका सेता दाँत होस्, भन्ने चाहना सबैको हुन्छ । तर अनुहारलाई नै कुरुप बनाउने गरि बाङ्गो टिङ्गो दाँत आउँछ । यस्ता दाँत किन आउँछन ? बिग्रिएका दाँत कसरि मिलाउने ? वरिष्ठ दन्त रोग विशेषज्ञ डाक्टर विष्णु प्रसाद शर्मा यसो भन्छन् ... दाँत सौन्दर्य प्रदायक अंग हो । तर विविध कारणले दाँत बाङ्गो टिङ्गो आउँछ । हेर्दा सामान्य लागे पनि यो समस्याले धेरैलाई तनाव दिएको छ ।  दाँत बाङ्गो टिङ्गोे आउने भनेको जुन स्थान (गिजाको ठाउँ) बाट आउनु पर्ने हो ,त्यो ठाउँबाट नआई तलमाथि वा खप्टिएर आउनु हो । 

दाँत बाङ्गो टिङ्गो आउने कारण :

१.वंशाणुगत गुण : आमा बुवाका दाँत नमिलेको छ भने, बच्चामा पनि यसको प्रभाव पर्न सक्छ । त्यस्तै बुबाको जस्तो दाँत तथा आमाको जस्तो च्यापु बच्चामा देखियो भने पनि आमा बुबाको अनुहारको आकार नमिल्ने भएकाले बच्चामा दाँत बाङ्गो टिङ्गो आउँछ  ।  

२.दुधे दाँत समय नपुगी फुकाल्ने वा समय कटे पछि फुकाल्ने : दाँत मिल्ने वा नमिल्ने कुरा बच्चा अवस्थामै निर्धारण हुन्छ ।

अधिकांशमा ६,७ वर्षदेखि १२,१३ वर्षसम्मा २० वटा दाँत परिवर्तन हुन्छ । यसरी दाँत परिवर्तन हुने बेला दाँतलाई नफुकाल्ने तथा हल्लिए पछि पनि लामो समय निकालेन भने नयाँँ दाँत आउँने ठाउँ छेकिन्छ र दाँत अन्य स्थानबाट आउँछ ।

३.बच्चाको दाँत किराले खानु : बच्चाको दाँत किराले खाएर तथा अन्य कारण भाँच्चियो भने दाँतको जरा राम्ररी निस्कन पाउँदैन र दाँत बिग्रिएर पलाउँछ ।

४.चोकपटक लाग्नु ।

५.गिजामा समस्या हुनु ।

बाङ्गो टिङ्गो दाँत आउन नदिन यस्ता कुरामा ध्यान दिने :

१.बच्चा उमेरदेखि नै दाँतको सुरक्षा गर्ने ।

२.दाँतलाई छिटो वा ढिलो नफुकाल्ने । 

३.बच्चाहरुमा औला चुस्ने बानी छ भने हटाउने । 

४.च्यापुका कारण दाँत नमिलेको छ भने चिकित्सकको सल्लाह बमोजिम च्यापु मिलाएर दाँत मिलाउन सकिन्छ ।

५.दाँतको बीचबीचमा खाली ठाउँ धेरै नै छ भने, बिहान बिहान बिस्तारै हातले च्यापेर मिलाउने ।

६.धेरै नै नमिलेको भए चिकित्सकको सल्लाह बमोजिम तार बाँधेर वा अन्य उपचार पद्धति अपनाई दाँत मिलाएर सुन्दर बनाउन सकिन्छ ।

 

Last modified on 2018-05-23 14:21:04


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts