दैनिक एउटा अण्डा खादाँ हृदय रोगको जोखिम कम –अध्ययन



Download our app to get more features

बीबीसी,९ जेठ । हालै चीनमा गरिएको एक अध्ययनले दैनिक एउटा अण्डा खानु स्वास्थ्यको लागि निकै लाभदायी हुने तथ्य बाहिर आएको छ ।

१० लाख मानिसलाइ सहभागी बनाएर गरिएको अध्ययनमा दैनिक एक अण्डा सेवन गर्ने व्यक्तिमा मुटुसम्बन्धी रोगको जोखिम कम हुने पत्ता लागेको छ । विशेषज्ञहरु राम्रो स्वास्थ्यको लागि अण्डा खान सल्लाह दिने गर्दछन् ।

कति अण्डा खाने?
धेरै जसो चिकित्सकहरुले खानामा अण्डा समावेश गर्न सहल्लाह दिइरहेका हुन्छन् । अण्डा पोषकतत्वले भरिपूर्ण हुने गर्दछ । यसमा भिटामिन ए,डी,बी तथा १२का साथै लूटिन तथा जीएजेनथीन जस्ता पोषकतत्व पनि पाइने गर्छ जुन आँखाको लागि निकै लाभदायक मानिन्छ । ब्रिटेनका डाइटीशियन डा. फ्रेकी फिलिप्सका अनुसार दिनमा एउटा अण्डा खाँदा स्वास्थ्यलाई फाइदा हुन्छ  । उनका  अनुसार दिनमा एक भन्दा बढि पनि अण्डा खान सकिन्छ । यदि हामीले खाइरहेको खानामा पोषकतत्व कम छ भने अण्डाको मात्रा बढाउन सकिन्छ । तर उनी एउटै चिज धेरै खान भन्दा सन्तुलित भोजन सेवन गर्न बढि जोड दिन्छन् ।

अण्डा प्रोटिनको राम्रो स्रोत हो । तर धेरै प्रोटिन पनि स्वास्थका लागि हानिकारक हुन सक्ने भएकाले दैनिक एउटा अण्डा खाँदा उत्तम हुने चिकित्सकहरु बताउँछन् । आवश्यक भन्दा बढि प्रोटिन खाएमा त्यसको नकारात्मक असर मिर्गौलालाई पर्न जान्छ । 

अण्डामा कति हुन्छ कोलेस्ट्रोल?
भारतको नेशनल हेल्थ सर्विसले जारी गरेको सल्लाह नोटिसमा अण्डामा केही मात्रामा कोलेस्ट्रोल हुने भएपनि त्यो रगतमा सोसिने खालको हुने भएकाले त्यति डराउन पर्दैन । अर्को भाषामा भन्नुपर्दा अण्डामा पाइने कोलिस्ट्रोलले स्वास्थ्यलाई ठूलो असर गर्दैन । हार्ट यूकेका अनुसार एउटा अण्डामा करिब ४.६ ग्राम  अर्थात एक चम्चा बोसो हुने गर्दछ । तर यसमध्येपनि एक चौथाई मात्र बोसो रगतमा जाने गर्दछ । यसले शरीरमा कोलेस्ट्रोल हुने सम्भावना निकै कम हुने गर्दछ । 

साल्मोनेला ब्याक्टेरिया
ब्रिटेनका पूर्व स्वास्थ्यमन्त्री एडविना करीले सन १९८८ डिसेम्बरमा भनेका थिए कि–ब्रिटेनमा उत्पादन हुने धेरैजसो अण्डामा साल्मोनेला ब्यक्टेरिया हुने गर्दछ । यो ब्याक्टेरिया स्वास्थ्यका लागि खतरनाक हुन्छ । यसकारण पनि उनको भनाइले त्यतिबेला ब्रिटेनमा निकै हङगमा मच्चाएको थियो । जसका कारण एडविनाले आफ्नो पदबाट राजिनामा नै दिनुपरेको थियो । वास्तवमा त्यो बेला ब्रिटेनका अण्डामा  साल्मोनेलाका ब्याक्टेरिया केही मात्रामा पक्कै थिए । सन १९९० सम्म अण्डा उत्पादकहरुले अण्डा बढि उत्पादन गर्नका लागि एक भ्याक्सिन कार्यक्रमको शुरुवात गरेका थिए जसले उक्त ब्याक्टेरिया बढाउन मद्दत गरेको थियषे ।  तर बितेका ३० वर्ष यता ब्रिटेनका अण्डा निकै सुरक्षित मानिन्छन् ।

अण्डालाई कसरी पकाउने?
जहाँसम्म अण्डा पकाउने कुरा छ यसलाई सबैभन्दा साधा तरिकाले पकाउन जरुरी छ  र यो पूर्णरुपमा पाकेको अवस्थामा मात्र खान आवश्यक छ । धेरैजसो डाइटिसियनहरुले अण्डा हल्का  तथा आधा पकाएर मात्र खान सल्लाह दिने गर्दछन् तर यसले बर्डफ्लु जस्ता रोगको जोखिम बढाउन सक्दछ । यसकारण पनि अण्डालाई राम्रोसँग पकाएर मात्र खानुपर्दछ ।  

Last modified on 2018-05-23 14:21:18


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts