वीरको एमआरआई मेसिन १७ दिनदेखि बन्द



Download our app to get more features

काठमाडौं, २१ जेठ । वीर अस्पतालको एमआरआई मेसिन १७ दिनदेखि बिग्रिदा सेवाग्राहीलाई समस्या परेको छ ।

मेसिनको हार्डवेयरमा समस्या भएको र मर्मतका लागि अझैं केही दिन लाग्ने अस्पतालका रेडियोलोजी विभाग प्रमुख सरोज शर्माले बताए । जेठ ४ गते बिग्रेको मेसिन यसै साता बन्ने उनको भनाइ छ ।

३ वर्ष अघि खरिद गरेको मेसिन बिग्रिदा अस्पताल आउने सेवाग्राही महँगो शुल्क तिरेर अस्पताल बाहिर एमआरआई गराउन बाध्य छन् ।

संवेदनशिल मानिने यो मेसिनलाई २४ सैं घन्टा चिसो कोठामा राख्नु पर्ने हुन्छ । तर, पटक पटक विजुली जाने समस्याले मेसिनलाई दुरुस्त राख्न समस्या भएको शर्माको भनाइ छ । 
 

Last modified on 2018-06-05 16:54:32


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts