सिस्ने धाराको पानी पिएर काठमाडौं फर्किए डा.देवकोटा



Download our app to get more features

काठमाडौं, २६ जेठ । न्यूरो सर्जन डा.उपेन्द्र देवकोटा आफ्नो जन्मथलो गोरखाबाट काठमाडौं फर्किएका छन् ।

डा.देवकोटाले आफ्नो जन्मथलो गोरखा जाने इच्छा जनाएपछि उनलाई आज दिउँसो नेपाली सेनाको हेलिकप्टरबाट गोरखाको पालुङटार स्थित बोहरा गाउँ लगिएको थियो ।

जन्मथलो पुगेर डा. देवकोटाले सिस्ने धाराको पानी पिएको र घरको पिँढीमा केहीबेर सुस्ताएको उनका भतिज वसन्त देवकोटाले हाम्रो डाक्टरलाई बताए । उनले दिउँसो गोरखा लगिएको  आजै साँझ ६ बजे काठमाडौं फर्काइएको र अहिले उनको अवस्था सामान्य रहेको बताए । उनले भने, ‘गोरखबाट अस्पताल आएपछि डाक्टरसाब थकित हुनुुहुन्छ र अहिले आराम गरिरहनुभएको छ ।’

पित्तथैलीको क्यान्सरबाट लामो समयदेखि पीडित डा.देवकोटाको काठमाडौंको बाँसबारीस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको छ ।  
 

Last modified on 2018-06-10 09:38:17


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts