प्रदेश १ को नीति तथा कार्यक्रम : प्रत्येक जिल्लामा सय शय्याकोे अस्पताल



Download our app to get more features

विराटनगर, २८ जेठ । प्रदेश १ को सरकारले सार्वजानिक गरेको नीति तथा कार्यक्रममा प्रत्येक जिल्लामा सय शय्याको अस्पताल बनाउने उल्लेख छ । प्रदेश प्रमुख डा. गोविन्दबहादुर तुम्बाहाङले आइतबार प्रदेश सभामा सार्वजानिक गरेको नीति तथा कार्यक्रममा प्रत्येक निर्वाचन क्षेत्रमा ५० शय्याको अस्पताल बनाउने उल्लेख छ । नीति तथा कार्यक्रममा स्थानीय तहहरूमा १५ शय्याको अस्पताल निर्माण गरिने जनाइएको छ ।

पोष्टमार्टम्को अधिकार स्थानीय तहलाई दिन आवश्यक प्रबन्ध मिलाइने पनि जनाइएको छ । साथै सबै नागरिकको स्वस्थकर जीवनयापन गर्ने प्रणालीमा सुधार गर्न सरकारले स्वास्थ्य शिक्षा, स्वास्थ्य संस्थाहरूको चुस्त व्यवस्थापन र स्वास्थ्य प्रणालीको उचित व्यवस्था गर्ने नीति प्रदेश सरकारले अवलम्बन गर्नेे भएको छ ।

स्वास्थ्य सेवाको पहुँच बढाइने
प्रदेशमा स्वास्थ्य बीमा सेवा प्रभावकारी बनाई सबै नागरिकको स्वास्थ्य सेवामा पहुँच वृद्धि गरिने भएको छ । नागरिकको विद्यमान स्वास्थ्य अवस्थाको सर्वेक्षण गरी प्रदेशभित्र विभिन्न रोगबारे व्यापक जनचेतना अभिवृद्धि गर्न विद्यालय, विश्वविद्यालय, स्वास्थ केन्द्र, अस्पताल, सहकारी संघ संस्था वा निजी संघ संस्थामार्फत स्थानीय तहमा जनचेतना अभिवृद्धिका कार्यक्रम संचालन गर्ने भएको छ । 

प्रदेशका प्रत्येक नागरिकको जन्मना साथै स्वास्थ्य निकायमा स्वास्थ्यसम्बन्धी विवरण रहने गरी मेडिकल अभिलेख विद्युतीय वा कागजात राख्ने, उसको स्वास्थ्य सम्बन्धी सम्भाव्यता अध्ययन गरी सो आधारमा चिकित्सकहरूले उपचार गर्ने वा गर्नुपर्ने पद्धतिको विकास गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ । 
 

Last modified on 2018-06-12 08:36:21


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts