कतै तपाईँको कानको बाहिरी भागमा पनि यस्तै प्वाल त छैन् ?



Download our app to get more features

बीबीसी,४ असार । के तपाईले आफ्नो कानको बाहिर भाग वरपर नजिकबाट नियालेर हेर्नुभएको छ ।

हुनसक्छ तपाईको कान नजिकै प्वाल पनि हुन सक्छ । यसको आकार यति सानो हुन्छ की यतातिर कसैको ध्यान नै गएको हुदैन् । यसलाई मेडिकलको भाषामा प्री अरीकुल साइनस भन्ने गरिन्छ । धेरैजसो मानिसहरुमा यो प्वाल विस्तारै विस्तारै हराउँदै जाने गर्छ । तरपनि १० प्रतिशत मानिसमा भने यो प्वाल जीवनभर नै रहने गर्छ । यो प्वाल जन्मजात हुने प्वाल हो । यो कानको बाहिरी भागमा देखिने गर्दछ ।

किन देखिन्छ यस्तो प्वाल
केही अध्ययनहरुका अनुसार बायाँ कानमा भन्दा यो प्वाल दायाँ कानमा बढि हुने गर्छ । विशेषगरी आमाको पेटमा छँदा भू्रणको राम्रोसँग विकास नभएमा यस्तो प्वाल देखिने गर्छ । अमेरीकास्थि नेशनल लाइब्रेरी अफ मेडिसिनका अनुसार यस्तो प्वाल हुनुमा छाला र मासु एकआपसमा ठीकसँग  नजोडिनु पनि एक कारण हो । युनिर्भसिटी अफ शिकागोमा जेनेटिक्स एण्ड एनाटोमी विभागका प्रोफेसर विसेन्ट जे लिन्च भन्छन्–यो पनि हुन सक्छ कि कानको उक्त भागको संरचना मानव विकाससँगसँगै परिवर्तन हुँदै जाने गर्छ ।

धेरैजसो घटनामा यो प्रक्रिया सामान्य मानिसएपनि कहिलेकाँही भ्रूण बेला यसको सहि विकास हुन नपाउँदा जन्मेपछि पनि प्वाल देखिने गर्छ ।
दक्षिण कोरियाको यूनिर्भसिटी अफ योनसेईमा भएको एक अध्ययनका अनुसार अ‍ेमरीकाका ९ प्रतिशत मानिसहरुका कानमा यो प्वाल हुने गर्दछ ।अध्ययनले पश्चिमा देशको तुलनामा एशियाली देशहरुमा यो प्वाल धेरै हुने पनि देखाएको छ ।

यस्तो प्वालले स्वास्थ्य समस्या ल्याउँछ त ?
अमेरीकाको नेशनल इन्च्यिुट अफ हेल्थका अनुसार यस प्वालले स्वास्थ्य समस्या ल्याउने संभावना हुदैन् र यसबाट कुनै पनि प्रकारको संक्रमणको जोखिम पनि रहदैन् । तर यदि तपाईको कानमा पनि यस्तै प्रकारको कुनै प्वाल छ र कुनै संक्रमणको शंका लागेको छ भने शल्यक्रिया मार्फत यसलाई हटाउन सकिन्छ । कानमा हुने यस प्रकारको प्वालबाट डराउनुपर्दैन ।
 

Last modified on 2018-06-21 14:28:27


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts