१२ बुदे घोषणा पत्र जारी गर्दै प्रदेश ७ मा सिकलसेल एनिमिया दिवस सम्पन्न



Download our app to get more features


कञ्चनपुर, ६ असार । सिकल सेल नेपालको अयोजनामा १२ बुदे घोषणा पत्र जारी गर्दै सम्पन्न भएको छ ।

अस्पतालमा भर्ना भै विपन्न नागरिक उपचार कोष मार्फत सिकल सेल रोगको उपचार,  औषत उमेरमा हुने रोगको निदान, २४ वर्ष भएकोले २४ घण्टा भित्र हुने, नव जात सिकल सेल स्क्रिनिग कार्यक्रम सेती अंचल अस्पताल बाट सुरु हुनुपर्र्छ लगायतका माग घोषणा पत्रमा समेटिएको छ ।

कार्यक्रममा सामाजिक विकास मन्त्री दिर्घ सोडारीले आर्थिक वर्ष ०७५/०७६ को नीति तथा कार्यक्रममा सिकल सेल रोगका लागि १ करोड ६० लाख बजेट विनियोजन गरेको जानकारी दिए । साथै आगामी दिनहरुमा बिरामीका माग मुद्दालाई सम्बोधन गर्ने पनि उनले बताए ।

त्यसै गरि सिकल सेल रोगको निदान तथा उपचार निःशुल्क सबैको पहुँचमा प्रदान, अन्तर्राष्ट्रिय मापदण्डहरु अनुसार पेनिसिलिन ट््याब्लेट, हाइड्रोक्षियुरिया (hydroxyurea) र खोपहरु (जस्तै: Haemophilus influenzae type b vaccines, Pneumococcal vaccines, Meningococcal vaccines), सबै किसिमका भेदभावको अन्त गर्न नीति, नियम र कार्यक्रमहरु कार्यान्वयन, अन्तर्राष्ट्रिय मानव अधिकार, महिला अधिकार, वाल अधिकार, मेडिकल अनुसन्धान कोड अफ इथिक्स, गोपनियता सम्बन्धि हक नेपालको संबिधान २०७२ ले प्रत्यायोजन गरेका अधिकारको प्रत्याभूति सुनिश्चित गरि सिकल सेल रोग तथा रक्त विकार भएका व्यक्तिहरुलाई दिने भनिएका सिकल सेल कार्ड वितरण कार्य यथाशिग्रा बन्द गरियोस लगायतका मागहरु पनि सारिएको छ । 

सिकल सेल बिरामी तथा तिनका परिवारले भोगेका समस्याहरु, मागहरु र वर्तमान अवास्थामाल रोग व्यवस्थापन लागि आवस्यक कार्यक्रम तथा नीतिको बारेमा विगत ५ वर्ष देखि सिकल सेलको क्षेत्रमा योगदान पुर्याई रहेका सिकल सेल अभियन्ता युजिन कुश्मीले आफ्नो प्रस्तुति माथि प्रकाश पारेका थिए ।   

यसैगरि प्रदेश नंबर ७ का सांसद चुन कुमारी चौधरीले सिकल सेल सम्बन्धि रहेका जटिलतालाई समधान गर्नका लागि सिकल सेल संग सम्बन्धित संघसंस्था र स्वास्थ्य क्षेत्रमा काम गर्ने विभिन्न निकाय संग समन्वय गरि जाने बताइन् ।  


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts