योग आफूले आफैलाई बुझ्ने परम सूत्र हो– काव प्रधानमन्त्री पोखरेल



Download our app to get more features

काठमाडौं, ७ असार । अन्तराष्ट्रिय योगदिवसका अवसरमा पतंजलि योगपीठ नेपालले आज काठमाडौंमा आयोजना गरेको कार्यक्रममा कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलले शारीरिक, मानसिक र आध्यात्मिक चेताको विकास गरी योगलाई जीवन पद्धतिका रुपमा अघि बढाउन योगदिवसले सबैलाई प्रेरणा दिनुपर्ने बताएका छन् । 

उनले नेपाललाई स्वस्थ, आध्यात्मिक एवं योग केन्द्रको रुपमा विकास गर्दै विश्वसामु परिचित गराउन सरकारले प्रयत्न गर्ने उल्लेख गरे । कार्यवाहक प्रधानमन्त्री पोखरेलले योगलाई कुनै धर्म सम्प्रदायसँग मात्र नजोडी आफूले आफैलाई बुझने परम सूत्रका रुपमा लिनुपर्नेमा जोड दिए । 
त्यस अवसरमा उनले योग दर्शन नामक पुस्तकको लोकार्पण समेत गरे । 

कार्यक्रममा भारतीय राजदूत मञ्जिभ सिंह पुरी, पतंजलि योगपीठ नेपालका ट्रष्टी शालीग्रम सिंह, पतंजलि  योग समिति नेपालका प्रमुख लवदेव मिश्र, आयोजक समितिका संयोजक ज्ञानेन्द्र विक्रम महतले अन्तराष्ट्रिय योग दिवस र यसको महत्वका बारेमा प्रकाश पारे ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आज दिँउसो अन्तराष्ट्रिय योग दिवसका अवसरमा वृहत विचार गोष्ठीको आयोजना गर्दैछ ।

संयुक्त राष्ट्रसंघले सन २०१५ देखि जनु २१ लाई अन्तराष्ट्रिय योग दिवसका रूपमा मनाउन शुरु गरेको हो । अन्तराष्ट्रिय योग दिवस मनाउने सन्दर्भमा सन २०१४ मा संयुक्त राष्ट्रसंघको महासभामा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले गरेको प्रस्ताव र नेपालका तत्कालिन प्रधानमन्त्री स्वर्गिय सुशिल कोइरालाले गरेको समर्थनलाई विश्वका १ सय ७५ भन्दा बढी देशहरूले समर्थन गरिसकेका छन् । चौंथो अन्तराष्ट्रिय योगदिवस आज मुलुकभर योग र आयुर्वेद सम्बन्धी विभिन्न चेतनामूलक कार्यक्रम गरी मनाइदै छ । 


 

Last modified on 2018-06-21 11:39:39


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts