चर्मरोगका कारण,समाधानका उपाय



Download our app to get more features

हरेक मानिसमा छालासम्बन्धी फरक–फरक समस्या हुन्छन् । रोग होस् या नहोस् कोही मानिसको शरीरमा चिल्लो बढी आउने हुन्छ भने कोही बढी सुक्खा भएर पीडित हुने गरेका छन् ।

यस्तो अवस्थामा सम्बन्धीत मानिसको छाला बढी चिलाउने हुन्छ र एलर्जी आउन सक्छ । चर्मरोग लागेको अवस्थामा कहिलेकाहीँ लक्षण नदेखिने पनि हुन सक्छ । तर, धेरैजसोमा छालमा दाग वा फुस्रोपना देखिने र अलिअलि दुख्ने हुन्छ ।

समयमा उपचार गराउन नसकेको अवस्थामा प्राघातक रुप पनि लिन सक्ने हुन्छ । चर्मरोगकै कारण अनुहार या अनय अंगको सौन्दर्यमा समेत असर पर्न जान्छ ।

चर्मरोग देखिने कारण र उपचारका तरिकाबारे डा. राजन तझ्या भन्छन् :

१. देख्दा सामान्य लाग्ने चर्मरोगले शरीरमा ठूलो असर पार्न सक्छ । क्षणि रुपमा छालामा देखा पर्ने विभिन्न प्रकारका लक्षणबारे चुप लागेर बस्ने गर्नु हुँदैन । यदि, छालामा कुनै दाग वा बिमिरा आएको शंका लागेमा चिकित्सकलाई देखाउने गर्नुपर्छ । दैनिक कामको सिलसिलामा मानिसले केमिकल, साबुन, गोबर, मल, सिमेन्टजस्ता सामग्री चलाइरहनुपर्ने हुन्छ । यस्तो अवस्थामा शरीरमा ससाना दानाहरु आउने, चिलाउने र त्यसबाट पानी बग्ने हुन सक्छ । यस्तो भएमा औषधिको प्रयोग गर्ने र छालालाई सुरक्षीत राख्ने विषयमा ध्यान दिनुपर्छ ।

२. शरीरका कुनै पनि भागमा कोठी, डीिन्डफोर, ठेउला, चिलाउने फोका, अनुहकार रातो हुने, छाला धेरै सुख्खा हुने र कत्ला पर्ने, घाउ पाक्न थाल्ने, शरीरमा मुसा आउने हुन सक्छ । शरीरमा यस्तो  समस्या देखापरेको खण्डमा समयमै उपचार गर्नुपर्छ । जसले दीर्घकालिन समाधान गर्नाको साथै सौन्दर्यसमेत बढाउने गर्छ ।

३. चर्मरोेग कतिपय मानिसमा जन्मदै समस्याका रुपमा पनि देखा पर्छ । छालामा राताकाला दाग, सेता धब्बा, माछाको कत्लाजस्तो हुने आदि समस्या देखिन सक्छ । यो समयमा उपचार गरे ठीक हुन सक्छ । औषधिले ठीक नभएको खण्डमा लेजर प्रविधिको सहायताले पनि निको बनाउन सकिन्छ ।

४. चर्मरोग मानिसको उमेरअनुसार पनि देखा पर्ने गर्छ । नवजात शिशुको छालामा समेत सेता दाना देखिने गर्छ ।

५. यसैगरी चर्मरोग भएका महिलाहरु गर्भवती हुँदा शरीरको हर्मोनमा तलमाथि हुने गर्छ । यस्तो अवस्थामा उनीहरुलाई चर्मरोगको समस्याले पुनः सताउन सक्छ । हर्मोनका कारणले गर्भवती महिलाको छालामा विभिन्न लक्षण देखापर्ने हुँदा गर्भवती भएका बेला चिकित्सकको सल्लाह अनिवार्य लिनुपर्छ ।

६. मानसिक तनावका कारणले पनि मानिसको हर्मोनमा गडबडी हुने गर्छ । हर्मोनको गडबडीले पनि चर्मरोग देखिने गर्छ । इक्जेमा, सोरियासिस, डन्डिफोर आदि मानसिक तनावका कारण देखा पर्ने हुन्छ ।

७. यस्तो समस्या भएमा उमेरअनुसार मानिसको स्वास्थ्यअनुकूल खाने तथा लगाउने औषधि, लेजर उपचार, इन्जेक्सन लगाउने गर्नु राम्रो हुन्छ । औषधिको प्रयोगले कसैलाई समयमै ठीक हुन्छ भने कसैलाइै लामो समयपछि मात्रै ठीक हुने गर्दछ । 

 

Last modified on 2018-06-22 11:36:53


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts