प्रतिकिलो रु २० मा जडीबुटी निर्यात –महासंघ



Download our app to get more features

काठमाडौँ, ८ असार । नेपालमा प्रशोधन केन्द्र र प्रविधिको विकास नभएको कारण नेपाली घरेलु उद्योगको सोचेअनुसार विकास हुन नसकेको नेपाल घरेलु तथा साना उद्योग महासंघले जनाएको छ । 

जडीबुटीको धनी नेपालमा जडीबुटीको प्रशोधन हुनसके प्रतिकिलो रु २० मा विदेश निर्यात हुने जडीबुटीबाट नेपालले पर्याप्त आर्थिक लाभ लिन सक्ने सम्भावना छ ।

त्यस्तै कर्णाली प्रदेशमा पाइने जेम्स स्टोन पनि नगन्य मूल्यमा विदेशमा जाने गरिएको सो महासंघले जनाएको छ । 
नेपाल घरेलु तथा साना उद्योग महासंघका कार्यवाहक अध्यक्ष उमेशप्रसाद सिंहले नेपाली उद्यमीले न्यून पूँजीबाट वस्तु उत्पादन गर्ने तथा पुरानो प्रविधिका र ठूलो संख्यामा वस्तु उत्पादन नहुने कारण नेपाली ग्राहकको आकर्षणमा कमी तथा वस्तु उत्पादनमा लागत बढी लाग्ने गरेको बताए ।रासस
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts