महिनावारी रोक्ने औषधिको नियमित प्रयोगले बाँझोपनको समस्या 



Download our app to get more features

महिलाहरु यौन अवस्थामा पुगेपछि नियमितरुपमा महिनावारी हुने प्राकृतिक प्रक्रिया हो । 

हरेक महिनामा हुने महिनावारीलाई महिलाले चाहेर पनि रोक्न सक्दैनन् । यो हरेक महिनामा दोहोरिरहन्छ । तर कहिले काहीँ महिनावारी महिलाको टाउको दुखाई बनेको हुन्छ, जब घर परिवारमा कुनै विशेष कार्य हुँर्दैछ वा चाडपर्व आएमा साथै घरधन्दा बाहेक अन्य काममा व्यस्त हुनाले । जसका कारण महिनावारीलाई केही पर सार्नु पर्ने बाध्यता आउन सक्छ ।

यसलाई महिलाले चाहेर पनि पछि सार्न नसकेता पनि विज्ञानले भने औषधिको आविष्कार गरिदिएको छ । यस्तो समयमा महिलाहरुले महिनावारी रोक्न वा पछि सार्नको लागि औषधि सेवन गर्ने गरेको पाइन्छ । यो महिलाको लागि क्षणिक रमाइलोका लागि फाइदाजनक भएपनि यसले स्वास्थ्यमा भने नराम्रो असर पारेको हुन्छ । यस्ता औषधिले स्वास्थ्यमा पार्ने असर थाहा नपाउँदा कतिपय महिलाले प्रयोग गरेको पाइन्छ भने कतिले थाहा पाएर पनि बाध्यतावस सेवन गरेका हुन्छन् ।

आजभोली स्वास्थ्यका लागि हानिकारक छ भन्ने थाहा हुँदा हुँदै पनि औषधिको प्रयोग गर्नेको संख्या बढेको छ । महिनावारी रोक्न प्रयोग गर्ने औषधि हर्मोनको चक्की हो । हर्मोन चक्कीको कारण सामान्य हर्मोनको मात्रा फरक पर्न जान्छ । हर्मोनको परिवर्ततनका कारण तत्कालका लागि महिनावारी पछि सर्न जान्छ । तर, यसले पछि गएर महिनावारीमा गडबडी उत्पन्न हुने, कम हुने जस्ता समस्या देखिन्छ ।

सामान्यतया यसको सेवनले वाकवाक लाग्ने, रिंगटा लाग्ने, धेरै सेवन गर्नेको शरीर सुन्निने जस्ता समस्या देखिन्छ । तर यसले दिर्घकालिन असर पनि पारेको हुन्छ । विवाहित महिलाले औषधि सेवन गरेमा यदि गर्भ रहेको छ भने बच्चालाई समेत असर पार्न सक्छ । जति बेला औषधि सेवन गरिएको हुन्छ त्यतिबेला गर्भ रहेको नरहेको थाहा हुँदैन । औषधि सेवनपछि गर्भ रहेको थाहा पाएका बच्चालाई असर गर्ने हो की भन्ने चिन्ता रहिनै रहन्छ । जसले अस्थाई साधन प्रयोग नगरी शारीरिक सम्बन्ध राखेको हुन्छ, त्यस्ता महिलाहरुले महिलाले महिनावारी पर सार्ने औषधि सेवन गर्नु हुँदैन । तर औषधि सेवनको समयमा गर्भ रहेमा बच्चालाई असर गर्ने डरमा गर्भपतन भने गरी हाल्नु पर्दैन ।

यसले एक प्रकारको मानसिक तनव भने रहिनै रहन्छ साथै महिनावारी रोक्ने औषधि सेवनका कारण मासिक श्रावमा गडबढी उत्पन्न भई समयमा गर्भ नरहने सम्भावना पनि रहन्छ ।जुन काम महिलाले आफैं नगरिकन नहुने तथा अत्यावश्यक अवस्थामा मात्र औषधिको सेवन गर्नुपर्छ । सानो सानो कामका लागि, पूजा वर्त जस्ता कामका लागि यसको सेवन नगर्नु नै राम्रो हुन्छ ।

Last modified on 2018-06-24 06:26:26


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts