पुरुषलाई पनि नर्स बन्ने अवसर, अबदेखि १५ प्रतिशत कोटा पुरुषलाई



Download our app to get more features

काठमाण्डौ । पहिले पहिले नर्सिंग पेशामा पुरुष पनि थिए । तर, समयक्रमसँगै नर्स भनेकै महिला हो भन्ने मानसिकता विकास भयो । जसले गर्दा अचेल देशभरीमा आंैलामा गन्न सकिनेमात्र पुरुष नर्स छन् ।

तर, अब केटा मान्छे पनि नर्स बन्न सक्ने भएको छ । नेपाल नर्सिंग परिषद्को गत साता बसेको बैठकले लैंगिक मूलप्रवाहीकरणको राष्ट्रिय नीति अनुसार भन्दै पुरुषलाई पनि नर्सिंग शिक्षा पढ्न पढाउन आरक्षण दिने निर्णय गरेको छ । 

निर्णय अनुसार यहि शैक्षिक सत्र २०७५/७६ देखिनै सम्पूर्ण नर्सिंग पढाइ हुने विश्वविद्यालय, प्रतिष्ठान तथा कलेजहरुमा १५ प्रतिशत पुरुषलाई समावेश गर्ने निर्णय गरिएको परिषद्ले जनाएको छ । 

Last modified on 2018-06-25 08:57:57


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts