संघ मातहतका बाहेक देशभरका सबै अस्पताल विकास समिति भंग



Download our app to get more features

काठमाठौं, १० असार । सरकारले संघ मातहतमा रहेका बाहेक सबै स्थानीय तहमा रहेका अस्पताल र स्वास्थ्य संस्था विकास समिति भंग गर्ने निर्णय गरेको छ । २२ जेठमा सम्पन्न स्वास्थ्य मन्त्रालयको सचिवस्तरीय बैठकले देशभरका सबै स्थानीय तहमा रहेका अस्पताल र स्वास्थ्य संस्था विकास समिति विघटनको निर्णय गरी मन्त्रीपरिषद्मा पठाउने निर्णय गरेको हो । 

देश संघीय संरचनामा गइसकेको अवस्थामा यस्ता अस्पताल र स्वास्थ्य संस्थाको जिम्मेवारी स्थानीय तह वा प्रदेशलाई दिने डा. तारानाथ पौडेल नेतृत्वको प्राविधिक कार्यटोलीले सुझाब दिएपछि सो सुझाबलाई मनन् गर्दै मन्त्रालयले यस्तो निर्णय गरेको हो । कार्यटोलीलाई विभिन्न ऐन, निर्देशिका सचिवस्तरीय बैठक, बैठकका राय सुझाब, विभिन्न सान्र्दभिक प्रकाशन तथा व्यवहारलाई आधार मानि अध्ययन गर्ने अधिकारी प्राप्त थियो ।

यस्तै कार्यटोलीलाई कुन स्तरको स्वास्थ्य संस्था÷ अस्पताल कुन तह वा निकाय मातहत रहने गरी सञ्चालन र पुनर्गठन गर्नुपर्ने हो सोको विषयमा अध्ययन गरी ७ दिन भित्र राय सुझाबसहितको प्रतिवेदन पेश गर्न भनिएको थियो । सोही कार्यटोलीको अध्ययन प्रतिवेदन अनुसार संघ मातहतमा रहेका बाहेक सबै स्वास्थ्य संस्था र अस्पताल व्यवस्थापन समिति भंग गर्ने प्रस्ताव मन्त्री परिषद्मा लैजान लागेको हो ।  सो कार्यटोलीले भनेको छ ‘ प्रदेश तह र स्थानीय तहमा हस्तान्तरण हुने गरी अनुसूची –४ मा प्रस्ताव गरिएका अस्पताल विकास समिति –गठन) आदेशहरु, विकास समिति ऐन, २०१३ को दफा ८ बमोजिम विघटन गर्ने तथा अस्पताल समिति कार्यविधि, २०७३ र सामुदायीक स्वास्थ्य ईकाइ, शहरी स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्रहरु व्यवस्थापन तथा सञ्चालनको लागि बनेको स्थानीय स्वास्थ्य संस्था व्यवस्थापन तथा सञ्चालन निर्देशिका, २०७१ खरेज गर्ने ।’

यस्तो छ स्वास्थ्य मन्त्रालयको निर्णय 
१) नेपाल सरकारको विकास समिति ऐन, २०१३ को दफा ३ बमोजिम अस्पताल विकास समिति (गठन) आदेश जारी गरी स्थापना गरेका र ऐनद्वारा स्थापना गरिएका अनुसूची–१ म उल्लेख भएको विशिष्ठिकृत अस्पताल तथा प्रतिष्ठाहरु संघमा रहने व्यवस्था गर्ने र त्यस्ता अपताल तथा प्रतिष्ठानको –गठन) आदेश तथा नियमावली विघटन÷खारेज गर्न आवश्यक नदेखिएको हाललाई संघमा नै यथावत राख्ने । 

२) स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहत सञ्चानल र व्यवस्थापन गर्ने गरी सञ्चालन गरिएका अनुसूची–२ मा उल्लेख गरिएका प्रत्येक जिल्लाको सदरमुकाममा रहेका जिल्ला अस्पतालको रुपमा स्थापित अस्पताल, जिल्ला सदरमुका भन्दा बाहिर सञ्चालनमा रहेका १५ सय्या भन्दा माथिका अस्पताल, अञ्चल अस्पताल, उप–क्षेत्रीय अस्पताल, क्षेत्रीय अस्पतालहरु सबै तत् तत् प्रदेश तहबाट सञ्चालन तथा व्यवस्थापन गर्ने गरी हस्तानन्तरण गर्ने ।

३) जिल्ला सदरमुकाम भन्दा बाहिरका १५ सय्या र सो भन्दा तलका अनुसूची–३ मा उल्लेखित अस्पतालहरु, प्राथमिक स्वास्थ्य उपचार केन्द्रहरु स्वास्थ्य चौकी, सामुदायीक स्वास्थ्य ईकाइ, शहर िस्वास्थ्य केन्द्र, तत् तत् स्थानीय तह (नगर/गाउँपालिका) ले सञ्चालन तथा व्यवस्थापन गर्नेगरी हस्तान्तरण गर्ने । 

४)  प्रदेश तह र स्थानीय तहमा हस्तान्तरण हुने गरी अनुसूची –४ मा प्रस्ताव गरिएका अस्पताल विकास समिति (गठन) आदेशहरु, विकास समिति ऐन, २०१३ को दफा ८ बमोजिम विघटन गर्ने तथा अस्पताल समिति कार्यविधि, २०७३ र सामुदायीक स्वास्थ्य ईकाइ, शहरी स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्रहरु व्यवस्थापन तथा सञ्चालनको लागि बनेको स्थानीय स्वास्थ्य संस्था व्यवस्थापन तथा सञ्चालन निर्देशिका, २०७१ खरेज गर्ने ।

 ५) प्रदेश तथा स्थानीय तहमा हस्तान्तरण हुने अस्पताल वा स्वास्थ्य संस्थाहरुको सम्पत्ति, दायित्व लगायतका संरचना तत् तत् प्रदेश तथा स्थानीय तहमा हस्तान्तरण गर्ने ।

Last modified on 2018-06-25 08:56:40

1 Comments

  1. कोरिया नेपाल मैत्री अस्पताल पनि गठन आदेश २०६६ अनुसार संचालनमा रहेकोछ । यो स्थानिय बिकास मन्त्रालयको अधिनमा मध्यपुर थिमीका नगरपालिका प्रमुख कार्यकारी अध्यक्ष रहने गरेको मा अव यसको पनि गठन आदेश खारेज भयो की भएन । यो अस्पताल अव प्रदेश मार्फत संचालन हुन्छ भने कर्मचारीहरुको ब्यवस्थापन कसरी गरिन्छ ?


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts