स्वास्थ्य मन्त्रालयमा चिकित्सकहरुको प्रर्दशन



Download our app to get more features

काठमाडौं, ११ असार । सरकारले छात्रावृत्तिमा पीजी गर्ने चिकित्सहरुलाई अनिवार्य रुपमा पाँच वर्ष दुर्गममा काम गर्नै पर्ने कानुन बनाउने तयारी गरेपछि त्यसको विरोधमा चिकित्सकहरु आन्दोलित भएका छन् । आन्दोलन स्वरुप उनीहरुले आज स्वास्थ्य मन्त्रालयमा धर्ना तथा प्रर्दशन गरेका छन् । उनीहरुले सरकारले यस्तो कानुन बनाएर कर्मचारीलाई कमारो बनाउन लागेको उनीहरुको आरोप छ । 
 
उनीहरुले छात्रावृत्तिमा पीजी गर्ने चिकित्सकहरुलाई २ वर्ष मात्रै दुर्गममा पठाउन जोड दिएका छन् । उनीहरुले सरकारले कर्मचारीलाई कमारो होइन सेवा गर्ने सहयोगीको रुपमा हेर्नुपर्ने माग गरेका छन् । 


 

Last modified on 2018-06-26 11:27:36


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts