ओम अस्पतालमा पल्मोनोलोजी वार्ड सञ्चालन



Download our app to get more features

काठमाडौं, १४ असार । श्वास प्रश्वाससँग सम्बन्धित रोगको विशिष्ठ सेवा दिन ओम अस्पताल एण्ड रिसर्च सेन्टर प्रालिले पल्मोनोलोजी वार्ड सञ्चालनमा ल्याएको छ । अस्पतालले आजबाट सो सेवा सञ्चालनमा ल्याएको हो । 
सो वार्डको उद्घाटन अस्पतालका अध्यक्ष डा. भोला रिजालले गरेका थिए । यस्तै वरिष्ठ कन्सलटेन्ट डा. ध्रुव शर्मा मुड्भरी, प्रबन्ध सञ्चालक बाबुकाजी कार्की, मेडिकल डाइरेक्टर डा. के.पी. देवकोटा, वरिष्ठ छाती रोग विशेषज्ञ डा. सुबोधसागर ढकालको पनि सो अवसरमा उपस्थिति थियो । छाती तथा श्वास प्रश्वासका रोगीहरूको लागि अन्य रोगीहरु भन्दा विशेष किसिमको सेवा आवश्यक पर्ने भएकोले सो वार्ड सञ्चालनमा आएको डा. सुबोध सागर ढकालले बताए । यस वार्डमार्फत छाती तथा श्वास प्रश्वासका बिरामीहरुले अझ गुणस्तरी सेवा पाउने डा. ढकालको भनाइ छ । 


 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts