डा. केसी धरपकडको चिकित्सक संघद्वारा निन्दा



Download our app to get more features

काठमाडौं, १७ असार ।  गुणस्तरीय चिकित्सा शिक्षा र स्वास्थ्य सेवाका लागि ज्यानको बाजी लगाउँदै जनताको पक्षमा उभिएर सत्याग्रहमा रहेका प्राडा गोविन्द केसीलाई सरकारले गरेको धरपकडलाई चिकित्सक संघले लज्जास्पद कार्य भनेको छ ।

संघले आइतबार विज्ञप्ति जारी गर्दै यस्तो कार्य  लोकतान्त्रिक गणतन्त्र नेपालको सरकारका लागि असोभनिय भएको जनाएको छ । साथै सरकारको यस्तो अमानवीय क्रियाकलापप्रति नेपाल चिकित्सक संघले घोर भत्र्सना र निन्दा गरेको जनाएको छ । 

नेपाल सरकारले नेपाल चिकित्सक संघ र डा. केसीसँग विगतमा गरेका सम्झौताहरूको पालना गर्दै लोकतान्त्रिक मूल्य र मान्यता अनुरुप नेपाली जनतालाई गुणस्तरीय चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा सहज पहुँच पु¥याउन समेत संघले माग गरेको छ । संघका महासचिव डा. लोचन कार्कीद्वारा हस्ताक्षरित सो विज्ञप्तिमा सरकारले यस्ता असान्दर्भिक र गैरमानवीय हर्कदलाई अभिलम्ब रोकी संविधान प्रदत्त मौलिक अधिकार निर्वाध रुपमा पालना गर्न गराउन जोडदार माग गरेको छ ।

डा.केसीको मागमा समर्थन गर्न आग्रह
साथै  संघका सम्पूर्ण शाखाहरुलाई विगतमा जस्तै डा. गोविन्द केसीले उठाएका जायज मागहरुलाई पूर्ण रुपमा सहयोग र समर्थन गर्दै उनले संचालन गरेको  सत्याग्रहलाई निर्णायक तहमा पु¥याउन समेत सबैमा हार्दिक अपिल गर्दछ । 
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts