३४ दिनदेखि अनसनरत गंगामाया अधिकारीको स्वास्थ्य स्थिति नाजुक



Download our app to get more features

काठमाडौं, १७ असार । माओवादी द्वन्द्वकालमा मारिएका छोरा कृष्णप्रसाद अधिकारीको हत्यारालाई कारवाहीको माग राख्दै ३४ दिनदेखि आमरण अनशनमा बसिरहेकी गंगामाया अधिकारीको स्वास्थ्य स्थिति नाजुक बन्दै गएको वीर अस्पतालले जनाएको छ ।

अस्पतालका निर्देशक भुपेन्द्र बस्नेतले गंगामायाको स्थिति गम्भीर रहेको र उनमा हाड जोर्नी दुख्ने, मांशपेशी सुनिने, रक्तचाप कम हुदै जान समस्या बढेको बताएका छन् । यस्तै गंगामायाको उपचारमा सम्लग्न चिकित्सक डा. ममन गोर्खालीले संक्रमणका कारण थप समस्या देखिन थालेको बताए । उनले भने ‘सुगर बढेको छ अब यस्तै हुने भने जटिल समस्या देखा पर्न सक्छ ।’

यसैबीच आज कांग्रेसका नेता अर्जुननरसिंह केसी, मानव अधिकारकर्मी चरण प्रसाई लगायतको टोलीले अधिकारीको स्वास्थ्यस्थिति बारे अस्पताल पुगेर जानकारी लिएको छ । उनीहरुले सो क्रममा सरकारले गंगामायाको मागको सुनुवाइ गर्नुपर्ने बताएका थिए । छोराको हत्यारालाई कारबाहीको माग राख्दै अनशनमा बसेकी गंगामायाका पतिको यसअघि नै अनशनरत अवस्थामै निधन भइसकेको छ ।


 

Last modified on 2018-07-02 07:18:04


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts