अब बिहे नगरे पनि ‘आमा’

बच्चाले बुबा खोजेको खण्डमा देखाउनु पर्छः अधिकारकर्मी 



Download our app to get more features

काठमाडौं, १९ असार । विवाह नगरे पनि अब महिलाले चाहेको खण्डमा बच्चा जन्माउन पाउने भएका छन् । सरकारले महिलाको अधिकारलाई उच्च प्राथमिकतामा राख्दै श्रीमान बिना पनि बच्चा जन्माउने कानुनी छुट दिने तयारी गरेको हो । यसलाई कार्यान्वयन गर्न प्रजनन् स्वास्थ्य अधिकार सम्बन्धी विधेयकको मस्यौदा समेत तयार भएको छ । 

मस्यौदा रायका लागि कानुन मन्त्रालयमा पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हाम्रो जस्तो परम्परागत सोचाइमा अल्झिएको समाजमा श्रीमान बिना बच्चा जन्माउने अधिकार चुनौतीपूर्ण देखिएको छ । अधिकारीहरुले भने यो बिषयलाई सहज स्वीकार्न नसक्ने बताएका छन् । मस्यौदा समितिका संयोजक तथा परिवार स्वास्थ्य महाशाखाका पूर्व निर्देशक डा. नरेशप्रताप केसीका अनुसार महिलालाई अधिकार दिने उदेश्यले उक्त ऐन बन्न लागेको हो । 

‘यो मस्यौदाले महिलालाई उछ्रिङखल बनाउन खोजेको हैन, डा. केसीले भने, केही महिलाले आफ्नो श्रीमान नभएपनि बच्चा जन्माउन चाहेका छन् । कतिपयले टेस्ट्युव बेबी जन्माउने लक्ष्य राखेका छन् । त्यसैले उनिहरुको चाहनालाई केन्द्रमा राखेर मस्यौदा तयार भएको हो ।’

मस्यौदाले सन्तानको आधिकारिक परिचय तोडियो 
प्रजनन् अधिकार सम्बन्धी मस्यौदाले सन्तानको आधिकारिक परिचय तोडेको छ । यो ऐनका रुपमा आएको खण्डमा परिचय दिन बुबा नै हुनुपर्छ भन्ने मान्यता हराउने छ । मानवअधिकार कर्मीहरुले भने यसलाई गलत सस्ंकारको विकास भएको औल्याएका छन् । ‘मस्यौदामा भनिएको छ, ‘बाबुको पहिचान हुन नसकेको वा बाबुको नाम उल्लेख गर्न नचाहनेको हकमा समेत बच्चा जन्मेको निस्सा दिन बाधा पर्नेछैन ।’
 
स्वास्थ्य मन्त्रालयका एक उपसचिवले प्रजनन् अधिकार सम्बन्धी मस्यौदा ऐनका रुपमा आए नेपालमा विकृति भित्रने खतरा भएको औंल्याए । उनले कुनै पनि हालतमा यस्तो ऐन ल्याउन नहुने बताए । नाम उल्लेख नगर्ने सर्तमा ती कर्मचारीले भने, ‘हाम्रो आफ्नै संस्कार संस्कृति रहेको छ । यो पश्चिमा सस्कार हामीले कानुनी रुपमा भित्राएको खण्डमा दीर्घकालीन समस्या देखिने छ ।’ उनका अनुसार यो ऐन आएको खण्डमा शिशुको वंश परिचय सिधै आमाको हातमा जानेछ  । त्यस्तै मस्यौदाले ‘प्रत्येक महिलालाई गर्भवती हुने कि नहुने तथा गर्भ रहे सन्तान जन्माउने कि नजन्माउने जस्ता निर्णय गर्ने अधिकार दिएको छ ।’ 

बच्चाले बुबा खोजेको खण्डमा देखाउनु पर्छः अधिकारकर्मी 
मानवअधिकारकर्मी सुवोध प्याकुरेललले गलत संस्कारको विकास हुँदै गएको बताए । ‘महिलाले मेरो शरीर मेरो अधिकार भन्न पाउँछन्’ उनले थपे, ‘त्यसको पनि लिमिटेसन हुन्छ । यदि बच्चाले ठुलो भएर आफ्नो बाबुको बारेमा चासो राख्छ भने देखाउन सक्नुपर्छ ।’ श्रीमान देखाउन नचाहेको खण्डमा कानुनी रुपमा छुट दिनु नौलो कुरा रहेन, ’ उनले तर्क गरे, ‘तर, बच्चाले बाबु खोजेको बेला देखाउने नदेखाउनु त्यो ठुलो कुरा हो । जसरी महिलालाई श्रीमान देखाउनु नपर्ने छुट दिएको छ त्यसैगरी बच्चाले बाबु खोजेको खण्डमा आमाले सत्य उत्तर दिनुपर्ने प्रावधान पनि ऐनमा स्पष्ट उल्लेख हुनुपर्छ ।’ अधिकारीहरुले भनेका छन् । ‘आमाको प्रजनन् अधिकार हुन्छ भने आफ्नो बाबुका बारेमा जानकारी लिने सन्तानको पनि मौलिक अधिकार हुन्छ’ प्याकुरेलले भने । 

Last modified on 2018-07-04 06:09:24


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts