डा. केसीको जीवन रक्षार्थ जुनसुकै बेला कठोर कदम चाल्ने चिकित्सक संघको चेतावनी



Download our app to get more features

काठमाडौं, २० असार । नेपाल चिकित्सक संघले अनशनरत प्राडा गोविन्द केसीको जीवन रक्षार्थ तत्काल सुरक्षित स्थानमा सार्न माग गरेको छ । नेपाल चिकित्सक संघ कर्णाली शाखाले  डा. केसीको अनसनमा ऐक्यबद्धता जनाएको प्रति समर्थन जानउने क्रममा संघका महासचिव डा. लोचन कार्कीद्वारा हस्ताक्षतिर विज्ञप्तिमा भनिएको छ ‘डा. केसीको जीवन रक्षार्थ नेपाल चिकित्सक संघ जुनसुकै बेला कुनै पनि कठोर कदम चाल्न बाध्य हुनेछ । यसबाट श्रृजित गम्भीर परिणतीको जिम्मेवार नेपाल सरकारले लिनुपर्नेछ ।’

संघका वरिष्ठ आजीवन सदस्य डा. गोविन्द केसीप्रति सरकारले गरेको अमानवी व्यवहार र स्वास्थ्यमा जोखिम पुग्ने गरी स्थानीय कबड हलमा कैदी सरह राखिएको प्रति नेपाल चिकित्सक संघले आपत्ती जनाएको छ । 

सम्बद्ध चिकित्सकहरुबाट अस्पतालमा उपचार गराउनका लागि गरिएको आग्रह र सुझाबलाई समेत बेवास्ता गरिएकोले जीवन रक्षाका लागि उनलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न संघले  माग गरको छ । 
साथै नेपाल चिकित्सक संघका सम्पूर्ण सदस्यहरुलाई यसतर्फ सचेत र तयारी अवस्थामा रहन समेत यसै विज्ञप्ती मार्फत अपिल गरिन्छ । डा. केसी ५ दिनदेखि जुम्लामा अनशनरत छन् ।  
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts