डा. केसीको मागमा ट्रान्सपरेन्सी इन्टरनेशनलको ऐक्यबद्धता



Download our app to get more features

काठमाडौं, २१ असार । चिकित्सा शिक्षा सुधारको माग राख्दै आमरण अनसनमा बसेका प्राडा गोविन्द केसीको मागप्रति ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले ऐक्यबद्धता जनाएको छ ।

ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका अध्यक्ष श्रीहरि अर्यालले एक विज्ञप्ति जारी गर्दै अनशनरत डा. केसीको जीवन रक्षा गर्न आग्रह गरेका छन् । 
डा. केसीको उपचारका लागि गएको मेडिकल टोली प्रशासनिक अवरोधका कारण फिर्ता भएको र अनसन बसेका नागरिकलाई धरपकड गरेको घटनाप्रति ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालको ध्यान आकृष्ट भएको सो विज्ञप्तिमा उल्लेख छ । 

अनसनरत डा. केसीको खस्कँदो स्वास्थ्य अवस्थालाई ध्यानमा राखी उपचार गर्न गएको चिकित्सकको टोलीलाई सहज वातावरण बनाइ सहयोग गर्नुको साटो स्थानीय प्रशासनले अवरोध पु¥याएको जानकारी सार्वजनिक सञ्चारमाध्यममा आएपछि ट्रान्सपरेन्सी इन्टरनेशनलको ध्यान आकृष्ट भएको विज्ञप्तिमा उल्लेख छ । 

सरकारल अध्यादेशका महत्वपूर्ण प्रावधानलाई हटाएर प्रतिस्थापन विधेयक संसद सचिवालयमा दर्ता गराउनु, जीवन रक्षाका लागि संवेदनशील हुनुपर्ने सरकारी संयन्त्र थाहा नपाएझै गरेर बस्नु, खस्कँदो स्वास्थ्य अवस्था विचार गरी उपचारका लागि गएका चिकित्सक टोलीलाई फिर्ता गर्नु कुनै पनि लोकतान्त्रिक सरकारको चरित्र नभएको विज्ञप्तिमा उल्लेख छ । स्वास्थ्य र चिकित्सा क्षेत्रमा सुशासन र सदाचार प्रवद्र्धनका लागि अनवरत संघर्ष गर्दै आएका डा. केसीको मागप्रति सो संस्था ऐक्यबद्ध रहेको जनाइएको छ । 
ट्रान्सपरेन्सी नेपालले निस्वार्थ भावले स्वास्थ्य सेवा आम नागरिकको पहुँचमा पु¥याउने ध्येय राखेर लडिरहेका डा. केसीको माग पूरा गर्न, निजको जीवन रक्षाको पहल जोड दिएको छ । 
 

Last modified on 2018-07-05 15:07:23


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts